५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । श्रमिकहरुको छाता संगठन जिफन्टले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम गरी मनाएको छ । लैगिक समान्ता र सशक्तीकरणका लागि प्रविधिमा दक्षता र नेतृत्व बिकास भन्ने मुल नारा सहित जिफन्टले लुम्बिनी प्रदेशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

Advertisement

जिफन्ट रुपन्देही जिल्ला समन्वय कमिटीले जिल्ला भित्र रहेका जिफन्ट आबद्ध घटक युनियनहरुका जिम्मेवारीमा रहेका महिला नेतृहरुको उपस्थितीमा छलफल कार्यक्रम गरेको थियो भने नेपालगञ्जमा क्युफेक नेपालका महिलाहरुलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य चेकजाँच सहित आवश्यक सामाग्री वितरण गरेको थियो । बर्दियामा जिफन्ट आबद्ध घटक युनियनका जिम्मेवारीमा रहेका श्रमजीवी महिलाहरुको भब्य उपस्तिथिमा सचेतनामुलक र्याली सम्पन्न भएको छ । त्यसैगरी कपिलवस्तु, नवलपरासी, पाल्पा लगायतका ठाउँहरुमा पनि विभिन्न बिषयमा प्रशिक्षण सहित कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा जिफन्ट प्रदेश कमिटी को सभाहलमा पनि एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।

दुर्गा कार्कीको अध्यक्षता, जिफन्ट रास्ट्रीय सचिव हरि कार्कीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा महिलाहरुलाई आर्थिक सवलिकरण गर्न सकेमा मात्र प्रविधिलाई आत्मसाथ गर्न सक्ने बताएका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले महिलाहरुलाई शान्त्वना दिनु भन्दा अवसर दिएमा आफ्नो कार्य कुशलता प्रदर्शन गर्न सक्ने बताए । महिला आन्दोलनबाट धेरै अधिकारहरु स्थापित भएपनि त्यी अधिकारहरु अझै पूर्णत कार्यान्यवनमा नआएको भन्दै उनले अधिकारलाई अक्षरस पालना गर्न सवै लाग्नुपर्ने बताए । कार्यक्रममा प्रदेश अध्यक्ष हुमकान्त काफ्ले नारीहरुको अधिकार स्थापित गर्न राज्यको पहल कदमी अझै अपुग रहेको बताए ।

जिफन्ट आबद्ध युनियन कि केन्द्रिय सचिव सरस्वती रिजाल को स्वागत मा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव सन्तोष के।सी गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ