१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । नेपालकै प्रतिष्ठित फुटवल प्रतियोगिता ‘तिलोत्तमा गोल्ड कप’को २२ औं संस्करण यही चैत्र ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देविनगर स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल फुटबल संघ रुपन्देहीले जनाएको छ ।

Advertisement

विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमहरु बीच हुने प्रतियोगिताको विजेताले तिलोत्तमा गोल्ड कपमा हालसम्मकै सर्वाधिक ११ लाख ११ हजार १११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी विधागत तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख नगद राशी प्राप्त गर्ने छ भने उत्कृष्ट फरवार्डर, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार पुरस्कार राशी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्याद अफदी म्याचले ११ हजार १११ रुपैयाँ नगद राशी प्राप्त गर्ने संघका रुपन्देही अध्यक्ष लोक पुनले जानकारी दिए ।

यो संस्करणमा करेन्ट रुपन्देही–११ सहित मनाङ मर्स्याङ्दी क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब, एफिएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदुरपश्चिम–११ गरी ८ टिमको सहभागिता रहेको रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए । चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप पछिल्लो संस्करण २०७५ सालमा सम्पन्न भएको थियो । सम्पन्न २१ औं संस्करणको उपाधी चुम्दै क्यामरुन दाउफिन्स क्लबले ८ लाख ८० हजार नगद राशी प्राप्त गरेको थियो ।

प्रतियोगिता बारे जानकारी गराउन बुधबार प्रतियोगिता हुने खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल फुटवल संघका अध्यक्ष दिर्घबहादुर केसी (कुमार)ले यो प्रतियोगिताले केही नयाँ प्रतिभाहरुको पहिचानमा समेत सहयोग गर्ने अपेक्षा व्यक्त गरे । प्रतियोगितालाई भव्य र सम्य बनाउन सहयोगको अपेक्षा गर्दै उनले यस क्षेत्रको मात्र नभई मुलुककै लागि महत्वपूण रहेको तिलोत्तमा गोल्ड कप आयोजनाले खेलाडी तथा यस क्षेत्रमा लाग्ने प्रतिभाहरुलाई अवसर प्रादन गर्ने उल्लेख गरे ।

यस क्षेत्रकै पुरानो प्रतियोगिताको रुपमा रहेको तिलोत्तमा गोल्ड कप तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको थियो । यस पटक प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो । ६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली