ताजा अपडेट »

रुपन्देहीमा जग्गाको विषयमा विवाद हुँदा चक्कु प्रहार गर्ने पक्राउ

बुधबार, २४ फागुन २०७९, १६ : १३
22 Shares
बुधबार, २४ फागुन २०७९
22 Shares

बुटवल । रुपन्देहीमा धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–५ का ४० वर्षीय बाबुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

फागुन २३ गते कञ्चन गाउँपालिका–५ उत्तर भैसाहीका २६ वर्षीय प्रेम थारु र सोही ठाउँका ४० का बाबुराम थारुविच जग्गाको विषयलाई लिएर दुबै जनाले मापसे गरी एक आपसमा झगडा गरेका थिए । सोही क्रममा बाबुराम थारुले प्रेम थारुलाई धारिलो वस्तु (चक्कु) प्रहार गर्दा छातीमा लागी घाईते भएको रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

चक्कु प्रहार गर्ने बाबुराम थारु र उक्त घटनामा प्रयोग भएको चक्कु समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता अर्यालले बताए । घाइते थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।