ताजा अपडेट »

सैनामैनामा टाउकोमा विभत्स चोट लागेको अवस्थामा एक जनाको शव फेला, ३ जना नियन्त्रणमा

बुधबार, २४ फागुन २०७९, १२ : २२
30 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा टाउमा विभत्स चोट लागेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका २ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा बुधबार एक पुरुषको शव फेला परेको हो ।

मृतक पुरुषसँग हिजो सँगै रहेका ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । घटनाको अनुसन्धानका लागि अहिले तालिम प्राप्त कुकुरलाई घटनास्थलमा लगिएको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।