६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । बुटवलको ढवाहामा रहेको वेस्टर्न मेगा कलेजका विद्यार्थीहरुले नेपालको मौलिकता झल्किने गरि क्याटेरिङ्ग इभेन्ट सम्पन्न गरेका छन्। बि एच एम चौथो सेमेस्टर अन्तर्गत रहेको फूड प्रोडक्शन एन्ड क्याटेरिङ्ग म्यानेजमेन्ट बिषय अन्तर्गतको प्रयोगात्मक शिक्षा स्वरुप उक्त कार्यक्रमको आयोजना गरेका हुन्।

Advertisement

हरेक शैक्षिक बर्षको चौथो सेमेस्टरमा भिन्न भिन्न विषयवस्तु माथि क्याटेरिङ्ग इभेन्टको आयोजना भै आइरहेको यस कलेजमा यो पटक भने केहि फरक र पृथक बनाउने उदेश्यले नेपालको पहिचान हिमाल पहाड र तराईलाइ समाबेस गरि नेपालको तिनै भौगोलिक क्षेत्रलाई समेट्ने गरि उक्त क्षेत्रका मौलिक खानाका परिकारहरु बनाएका थिए।

खाना संगै सस्कृति झल्काउने गरि हिमाल पहाड र तराईका पोशाकमा सजिइ मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। यसले सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षालाइ व्याबहारिक तथा बिद्यार्थीलाइ वास्तविक फिल्डमा उत्रन सहयोग गर्ने शिक्षकहरुको भनाइ छ। नेपाल र नेपालीको शान हिमाल पहाड तराइको भौगोलिक मौलिकता झल्काउने खानासहितको पाकशिक्षा अनुरुप विद्यार्थीहरुले जियोग्राफिकल फेसन क्याटेरिङ्ग इभेन्ट २०२३ को आयोजना गरेका हुन्।

उक्त इभेन्टले विद्यार्थीलाई बास्तविक होटेल म्यानेजमेन्टका च्यालेन्ज तथा कमजोरी अनुभव र यसलाई सच्याएर लैजाने शिक्षा प्राप्त गर्न सकिने हुदा हरेक सेमेस्टर मा भिन्न भिन्न इवेन्ट आयोजना गरिएको वेस्टर्न मेगा कलेजका प्रचार्य श्रीप्रशाद भट्टराईले जानकारी दिए। विद्यार्थीमा सैद्धान्तिक , प्रयोगात्मक , ब्यबहारिक र व्यबसायिक जस्ता चौतर्फी शिक्षाको विकाशका लागि यस कलेज ले बि-भिन्न अवसरहरुमा फरक फरक किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस्तै प्रयत्न गरिरहने उनको भनाइ छ।

उक्त कार्यक्रममा विभिन्न व्यक्तित्व हरुको उपस्थिति संगै फागु पुर्णिमाको अवसरमा गरीएको उक्त इभेन्टमा होलि तथा फागु पुर्णिमाको शुभकामना आदान प्रदान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट