८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । रूपन्देहीको तिलोत्तमा वाड नम्बर १ मा किशोरीहरूका लागि तीन दिने आत्मरक्षा तालिम सोमबार सम्पन्न भएको छ । तिलोत्तमा वाड नम्बर १ को वाड कार्यालयको आयोजना भएको सो तालिममा वाड नम्बर १ का करिब ५० जना किशोरीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख जागेश्वर देवी चौधरीले आत्मरक्षाको तालिम किशोरीका लागि महत्त्वपूर्ण रहेको बताइन् ।

Advertisement

आजका बालबालिकाहरू भोलिको नगरको पिल्लर रहेको बताउँदै नगरले बालबालिकाहरूका लागि लगानीको वातावरण सृजना गरिरहेको बताइन् । यश किसिमको तालिमले किशोरीहरूमा आत्मविश्वास जगाउने बताउँदै तालिमले महिला हिंसा केही हदसम्म रोकिन मद्दत मिल्ने बताइन् । प्रशिक्षक केबि रानाले जुनसुकै सिकाइको लागि व्यक्तिगत अनुशासन नभई केही गर्न नसकिने बताए । साथै समयको सहि सदुपयोग गर्न पनि यश किसिमको तालिम फलदायी हुनेमा उनले विश्वास व्यक्त गरे ।

वडास्तरीय बाल सञ्जालका अध्यक्ष अस्मिरा सुनारले यश किसिमको तालिमले किशोरीहरूलाई आत्मबल प्रदान गरेको बताइन् । उनले आफू सुरक्षित हुन सर्वप्रथम आँखामा आँखा जुधाएर प्रतिकार गर्नुपर्ने बताइन् । आत्मरक्षाको तालिम लिन पाएकोमा खुसी व्यक्त गर्दै यो नगरभरि नै सञ्चालन गर्न आग्रह गरिन् । कार्यक्रमको समापन गर्दै अध्यक्ष फर्सुराम गिरीले बालबालिकाको लागि अन्य वाडको तुलनामा यश वाडले बढी लगानी गरेको बताए । उनले पछिका दिनमा बालबालिकाको लागि अझ रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाए ।

कार्यक्रममा बालमैत्री सहजकर्ता रमा थापा र वाड सदस्यहरू गितादेवी न्यौपाने, हिरादेवी बिक, विष्णुप्रसाद पाण्डे, कार्यक्रम संयोजक वाड सदस्य मिलन रानाको उपस्थिति रहेको थियो । वाड नम्बर १मा रहेका करिब ५० जना किशोरीहरूलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर