११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

मुगु । सोरु गाउँपालिका–९ स्थित विजय माध्यमिक विद्यालय कालैमा  अध्ययनरत कक्षा ९ का विद्यार्थीको हातमा सबै पुस्तक छैनन् । शैक्षिक सत्र सकिन लाग्दासम्म सबै पुस्तक नपाएका विद्यार्थी वार्षिक परीक्षाको तयारीमा जुट्नु परेको छ । 

Advertisement

उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत ७८ जना विद्यार्थीले अझैसम्म अर्थशास्त्र र शिक्षा विषयको पुस्तक पाएका छ्रैनन् । साथै कक्षा ८ मा अध्ययनरत २५ जना विधार्थीले पनि कम्प्युटर शिक्षाको किताब पाएका छैनन् । 

शैक्षिक सत्र सकिनै लाग्दासम्म अर्थशास्त्र, शिक्षा र कम्प्युटर विषयको किताव नपाएका कक्षा ९ का ७८ जना र कक्षा ८ का २५ जना विद्यार्थी भने पुस्तकविना नै वार्षिक परीक्षाको तयारीमा जुटेका छन् । अघिल्लो वर्षको च्यातिएका किताब संगालेर परीक्षाको तयारीमा जुटेको  कक्षा ९ मा अध्ययनरत रिता बमले जानकारी दिइन् । 

किताबविना परीक्षा दिनुपर्ने भएको चिन्ता लागेको भन्दै उनले भनिन्, ‘किताब छैन । परीक्षामा प्रश्नको उत्तर कसरी लेख्ने भन्ने चिन्ता लागेको छ ।’ आगामी चैत दोस्रो सातादेखि वार्षिक परीक्षा हुने भएकोले विषयगत पुस्तक नपाएका विद्यार्थीहरुमा चिन्ता बढ्न थालेको छ । किताबविना परीक्षा दिँदा अनुत्तीर्ण भइने हो कि भन्ने त्रास विद्यार्थीहरुमा छ । 

अघिल्लो वर्ष पनि कक्षा ९ र १० का विद्यार्थीले पुस्तकविना नै  वार्षिक परीक्षा दिएका थिए । यस वर्ष पनि सोही नियति यहाँ विद्यार्थीहरुले भोग्न बाध्य भएका छन् । ‘सबै पुस्तक नपाउँदा पढाई कमजोर बन्यो,’ कक्षा ९ का गणेश जैसी प्रश्न गर्छन्, ‘हामीले सबै पुस्तक कहिले पाउने ?

यस्तै सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा १० का विद्यार्थीले पनि सबै पुस्तक पाएका छैनन् । कक्षा १० मा अध्ययानरत विद्यार्थीहरु पुस्तकविना नै एसईई दिन बाध्य हुने भएका छन् । अहिले कक्षा १० मा जनसंख्या र अर्थशास्त्रका किताब अभाव छ । किताब नपाएका सो विद्यालयलेका विद्यार्थीहरु आगामी १७ चैतबा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुँदै छन् । ‘किताब अभावले कोर्ष सकिएको छैन । तर, परीक्षाको मिति भने सार्वजनिक भइसकेको छ । कसरी परीक्षाको तयारी गर्ने ? हामी सबैलाई फेल हुने हो कि भन्ने डर लागेको छ,’ कक्षा १० मा अध्ययनरत छात्रा सन्तोषी रावलले बताइन् । 

कक्षा १० मै अध्ययनरत छात्रा विजया लक्ष्मी सुनारका अनुसार अंग्रेजी, गणित, विज्ञान विषयका कोर्ष पनि पूरा भएको छैन । कोर्ष पूरा नहुनुमा पुस्तकको अभाव मात्र होइन शिक्षकहरु पनि शिक्षक सेवा आयोगका परीक्षाको तयारीमा लागेकाले हो । स्थायी नियुक्तिका लागि परीक्षाको तयारी गर्न अर्कै जिल्लामा शिक्षक गएकाले पनि कोर्ष पूरा हुन नसकेको छात्रा रावलले भनिन् । पुस्तक अभाव झेलेका यी प्रतिनिधि विद्यालय हुन् । मुगुका १४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीले पुस्तक अभावमै परीक्षा दिनुपर्ने भएको छ । 

किताब हातमा नपरी विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुनुपर्ने अवस्था यस वर्ष पनि दोहोरिएको विजय माध्यमिक लिद्यालयका प्रधानध्यापक वीरबहादुर बमले बताए । ‘विद्यार्थीको हातमा किताब छैन भने शिक्षकले पढाएको के अर्थ हुन्छ ? हरेक वर्ष सदरमुकामभन्दा बाहिरका विद्यार्थीलाई पुस्तककै पिरलो हुने गरेको छ,’ उनले भने, किताब हेर्नै नपाई विद्यार्थीले परीक्षा दिनुपर्ने अवस्था छ ।’ 

सडक सुविधा जोडिए पनि पुस्तक अभावको समस्याको अन्त्य हुन सकेको छै्रन ।  वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुन्छ भने चैतमा वार्षिक परीक्षा हुने गर्छ । तर, हरेक वर्ष पुस्तक अभाव हुने गरे पनि समस्या समाधान कहिल्यै हुन सकेको छैन । वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि वर्षायाम लागेपछि मात्र पाठ्यपुस्तक ढुवानी सुरु गर्दा महिनौँसम्म बीच बीचमा रोकिने र अलपत्र पर्ने समस्याले गर्दा विद्यालयमा किताब ढिलो पुस्तक पुग्ने गरेको छ ।
 

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा