७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल। सोमबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । होली हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन हिमाली र पहाडी जिल्लामा मनाउने प्रचलन रहेको छ । त्यसको दोस्रो दिन तराईमा होली मनाउने प्रचलन रहेको छ । यो वर्ष फागुन २२ गत महाडमा तथा फागुन २३ गते तराईमा होली मनाइँदै छ ।

Advertisement

यस दिनमा आफन्त तथा मन मिलेका साथी बीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । होली गीतमा खुलेर हास्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई युवाले नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिने गरेका छन् । कतिपयले यस दिनलाई बिग्रिएको सम्बन्ध सुधार्ने अवसरका रूपमा पनि सदुपयोग गर्छन् ।

भगवान् विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ । होली सुरु भएको सङ्केतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो ।

रङ खेल्दा के गर्ने ? के नगर्ने ?
यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाई छ । छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्ण भन्छन्, “होली खेल्नुअघि सम्पूर्ण शरीरमा राम्ररी लोसन वा मोइस्चराइजर लगाउनुपर्छ । यो काम होली खेल्नुभन्दा कम्तीमा एक घण्टा अगाडि गर्नुपर्छ ।” त्यसपछि होली खेल्नु १० मिनेटअघि लोसन वा मोइस्चराइजरको प्रयोग गरेर मात्र खेल्नुपर्छ ।

यसैगरी केमिकल्सयुक्त रङबाट बच्न छालामा नरिवल वा तोरीको तेलको प्रयोग गर्न सकिन्छ । होलीमा रङ खेल्नुअघि अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुरक्षा प्रदान गर्छ र छालामा रङ बस्न दिँदैन । होलीमा रङ खेल्दा अनुहारमा रङ लाग्ने गर्दछ । यस्तो रङ पखाल्नका लागि छालामा साबुनको प्रयोग गर्न नहुने कर्णले जानकारी दिए । उनका अनुसार, रङ निकाल्न छाला बेस्सरी रगड्नु हुँदैन । रङ गएन भने आत्तिएर छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्न नहुने उनको सुुझाव छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल