May 17, 2021, Monday
३ जेष्ठ २०७८, सोमबार

बसन्त पञ्चमी : विद्यार्थी जीवनमा विद्याको महत्व

3.1K



एउटा मानिसको जीवनमा धेरै चरण हुन्छन् । यि चरण मध्ये ज्ञान हासिल गर्ने समय महत्वपूर्ण हुन्छ । त्यसो त ज्ञान जन्मदेखि मृत्युसम्म लिन वा हासिल गर्न सकिन्छ । तर, औपचारिक रुपमा ज्ञान लिने प्रणाली वा समय विद्यालय तथा विद्यार्थी अवस्थामा हो । जन्मेका सबैले विद्यालयमा विद्यार्थी बनेर वा औपचारिक शिक्षा हासिल गर्छन् भन्ने हुँदैन , नेपालमा पनि सबै जनाले औपचारिक ज्ञान लिएका छैनन् , तर, विकसित मुलकमा भने करिब सम्पूर्ण जनताले औपचारिक रुपमा विद्यालयबाट ज्ञान हासिल गरेका हुन्छन् । विद्यालय र ज्ञान दुवैका आ–आफ्ना स्तर र चरण हुन्छन् । पहिले–पहिले सामुदायिक विद्यालयमा शिशु कक्षा हुन्थ्यो भने निजी विद्यालयमा नर्सरीबाट कक्षा शुरु हुन्थ्यो । तर, आजकल निजीमा प्ले ग्रुप भनेर साना–साना बालबालिकालाई औपचारिक शिक्षाको सुरुवात गराइन्छ भने सामुदायिक विद्यालयमा बाल कक्षा भनेर शुरुवात गरिन्छ । हरेक बालकको पहिलो पाठशाला उसको घर र उसका अभिभवाक प्रथम शिक्षक हुन् ।

एउटा बालक जन्मेर ताते–ताते गर्दै हिड्ने र तोते बोल्ने गर्दा उसले घरमा जस्तो वातावरण हुन्छ उस्तै वातावारणमा हुर्कन्छ र, अभिभावकले जस्तो सिकाउँछन् उस्तै सिक्छ । बाल्यकाललाई काँचो माटोसँग जोडेर पनि तुलना गरिन्छ । अर्थात् जसरी एउटा माटोका भाडाहरु त्यार गर्नेले काँचो माटोबाट नै भाँडोको आकार तय गर्छ त्यसरी नै एउटा शिक्षक वा अभिभवाकले आफ्नो बालबालिकाको भविष्य बाल्यकाल वा विद्यार्थी अवस्थामा नै देखाउँछ । ज्ञान हासिल गर्न विद्यालय धाउने सबै बालबालिका विद्यार्थी हुन् । बाल्यकालसँगै किशोर अवस्था प्रदेश गर्दै जाँदा उसको ज्ञानसँगै स्तर र तहपनि बढ्दै जान्छ । यसरी विद्यालय तह हुँदै प्लस टू,स्नातक,स्नाकोत्तर ,स्नानतक ,पिएचडी, सम्म पुग्दा पनि औपचारिक रुपमा ज्ञान हासिल गर्ने विद्यार्थी नै हुन्छ । तर, हामी विद्यालय स्तर अध्ययन गर्ने विद्यार्थी र उसको अध्ययनको समयलाई विद्यार्थी जीवन भन्छौं । यहाँ पंत्तिकारले पनि विद्यालय स्तरीय विद्यार्थी र जीवनलाई मुख्यतया व्याख्या गर्ने प्रयास गरेकी छु । विद्यार्थी जीवनलाई कैंयौंले निकै सजिलो मान्दछन् । तर, कैंयौंले निकै जटिल पनि । दुबैका आ–आफ्ना तर्कपनि छन् । सजिलो मान्ने कारण हो, यस समयमा अभिभावकको सहयोग र शिक्षकको साथले केवल अध्ययन गर्ने,सिक्ने र बुझ्ने र रमाउने मात्र हुन्छ । अरु काम र जीवनका विषयमा चिन्तन गर्न नपर्ने । त्यसैगरी जटिल मान्न कारण हो,दिउँसो विद्यालय जानुपर्ने , विहान साँझ अध्ययन गर्नुपर्ने , गृहकार्य गर्नुपर्ने स्वतन्त्र रुपमा आफू खुशी हिड्न नपाइने । जसले जसरी ठानेपनि मानेपनि शिक्षा मानिसको पहिलो अत्यावश्यक महत्वपूर्ण आधार हो जसले जीवन जीउन सहज बनाउँछ ।

शिक्षा बिनाको मानिस पुच्छर बिनाको जनावर जस्तै हुन्छ भन्ने वाक्यले पनि शिक्षाको महत्व दर्शाउँछ । त्यसैगरी ‘शिक्षा जीवनको ज्योति हो , बिना जीवन अध्याँरो हुन्छ ।’ यसबाट पनि स्पष्ट हुन्छ । शिक्षा अनिवार्य छ , शिक्षित मानिस अतुल्य हुन्छ । यसर्थ शिक्षा आर्जन गर्ने जीवनको महत्वपूर्ण समय विद्यार्थी काललाई विशेष बनाउन आवश्यक रहेको छ । हामीलाई सानोमा बाबा–आमा र गुरुहरुको लागिलाई पििढ्दए जस्तो लाग्थ्यो । तर, अहिले आफ्नै लागि पढेको बुझेका छौं । पढ्नलाई पहिले–पहिलो निकै गा¥हो थियो । हामीभन्दा पहिलेका अग्रजलाई झनै गा¥हो थियो । त्यतिबेला अधिकांश विद्यालयहरु निकै टाढा–टाढा हुने गर्दथे । पैदल हिड्नु पर्ने बाध्यता थियो ।

यातायात र प्रविधिको विकास र उपलब्धता न्यून थियो । अध्ययनको लागि कडा मिहिनेत र संघर्ष गर्ने समयमा संघर्ष गरेका व्यक्तिहरुनै पछि महान भएका छन् । विज्ञान,इतिहास,आविष्कार जुनसुकै क्षेत्रमा पनि वैज्ञानिक र विज्ञ भएका छन् , सबै अध्ययन गरेर नै सफल भएका हुन् । अध्ययन गर्ने समय किसानको भाषमा भन्नसपर्दा यो खेती लगाउने समय हो । अर्थात् एउटा किसानले समयमा राम्रो बिउ विजारोपण गरेर राम्रो मलजल गरे पछि उसले फल प्राप्त गर्दछ । यसको अर्थ फल प्राप्त गर्न मिहिनेत अनिवार्य छ । त्यसैगरी मानव जीवनमा सफलता ,चर्चा र गर्भिलो जीवन जिउन शिक्षा अनिवार्य छ । हालको समयमा अध्ययन गर्न धेरै सजिलो भएको छ । पुस्तक र गुरुमा मात्र भर पर्न पर्दैन ।

सञ्चार र प्रविधिको विकासले धेरै कुरा हेरेर,सुनेर, देखेर पनि जान्न सकिन्छ । सञ्चार र प्रविधिको समुचित प्रयोग गरेर कैंयौं विद्यार्थीले आफूलाई फरक ढङ्गले परिचित गराएका छन् । तर, हाल सानादेखि किशोरावास्थाका विद्यार्थीहरु प्रविधि, सञ्चार र सामाजिक सञ्जालमा आफूलाई भुलाएको देखिन्छ । साना नानीबाबुहरु जसले प्ले ग्रुपदेखि कक्षा पाँचसम्म पढ्छन् उनीहरुले आफ्ना अभिभावकका मोबाइलमा,ल्यापटपमा भिडियोहरु हेरेर समय खर्चनुका साथै यसलाई लत बनाएका छन् । त्यसैगरी सात–आठ कक्षामा पढ्नेदेखि प्लस टू पढ्ने सम्मका किशोरावास्थाका विद्यार्थीहरुले इमो,भाइबर, फेसबुक जस्ता सामाजिक सञ्जालका आइडी बनाएर धेरै साथी बनाउने समय खर्चने र त्यसैमा तल्लिन हुने गरेको पाइन्छ ।

गुगल तथा सामाजिक सञ्जालका अनुसारपनि १८ वर्षभन्दा कमका बालबालिका तथा किशोर–किशोरीहरुको आइ.डि. स्विकार गर्दैन तर, मिति बढाएर त्यस्ता आइडि खोल्छन् , जसले गर्दा नयाँ पिढीमा धेरै समस्या आएका छन् । विद्यार्थी जीवनमा पढ्नु मात्र पर्छ भन्ने सोँच र मान्यता पनि छ । तर, त्यसो मात्र पनि होइन । यस समयमा अध्ययन मात्र सिक्नु पनि हो । अर्को कुरा जुन शिक्षा व्यवहारमा लागू हुँदैन त्यो केवल ज्ञान मात्र हो । शिक्षा व्यवहारिक हुनु पर्छ । समयको गतिसँगै संस्कारी,अनुशासित ,मर्यादित र प्रयोगात्मक हुनुपर्दछ । यस्तो शिक्षा हासिल गर्ने समय अर्थात् विद्यार्थी जीवन,जीवनका अन्य पलभन्दा अतुल्य हुन्छ । तसर्थ विद्यार्थी जीवनलाई सफल,सक्षम र सार्थक बनाउनतर्फ सबै विद्यार्थी लाग्नु पदर्छ ।आजका विद्यार्थी नै भोलिका कर्णधार हुन् । भोलीको समाज,स्वदेश र विश्व परिवेश कस्तो बनाउने आजका विद्यार्थीमा निहित छ । त्यसैले गुरु,अभिभावकका लागि अध्ययन गरेको नसम्झी आफ्नो, समाज र विश्वका लागि सोँचेर अध्ययन गर्नु पदर्छ । -मञ्जु टण्डन /बुद्धभूमि

पछिल्लो अपडेट