ताजा अपडेट »

आज बसन्त पञ्चमी : देशभर सरस्वतीको पूजा गरिँदै

शनिबार, २६ माघ २०७५, १८ : ४०
26 Shares

विद्यालयमा नयाँ – साना बालबालिकालाई अक्षरारम्भ गराइँदै


माघ २७,

ग्लोबल आवाज
बुटवल । आज साना–साना बालबालिकालाई अक्षर चिनाउने औपचारिक दिन ‘अक्षरारम्भ’ गराउने दिन हो । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा गरी आफ्ना साना बाबुु–नानीलाई अक्षराम्भ गराउने चलन अनुसार यस वर्षपनि विद्यालय र मन्दिरमा साना बाबुु–नानीको हात समाएर शिक्षक र अभिभावकले अक्षर लेख्न सिकाउने गर्दछन् । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षराम्भ गरी लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

बिहानैदेखि विद्याकी अधिष्ठात्रीको पूजा गरी बालबालिकालाई पढ्न सिकाएमा पछिसम्म पढ्न आउने अभिभावकको विश्वास छ । आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी आज विद्या र सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको पूजा आराधना गर्ने दिन श्री पञ्चमीको दिनबाट नै वसन्त ऋतु आरम्भ भएको मानिने हुनाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ । यस चाडलाई हिन्दु धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा सरस्वतीको मन्दिर तथा पुस्तकको पूजा गरेर मनाउँछन ।

श्री पञ्चमीको दिनमा बालबालिकालाई अक्षरारम्भ गराए शुभ हुने मानिन्छ । साथै कुनैपनि नयाँ कार्य आज शुरु गर्नु शुभ हुने पनि बिश्वास गरिन्छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई साहित्यकार, कलाकार, पत्रकार, सङ्गीतकार, शिक्षक र विद्यार्थीले आज आआफ्ना कला–साधनाका वस्तुलाई सरस्वतीका रूपमा पूजा गर्ने चलन छ । त्यसैगरी तान्त्रिकले पनि आफ्नो तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्ने पण्डितहरुको विश्वास छ ।

सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । सरस्वती पूूजाकै अवसरमा ज्ञानको मन्दिर मानिने विद्यालयमा विशेष तथा भव्य कार्यक्रमहरु गरी पूूजा–आजाका साथ धूूमधामका अक्षराम्भ गराउने चलन बढ्दो छ । यसै अवसरलाई सदुपयोग गर्दै विद्यालयहरुले नयाँ बालबालिका भर्नाका लागि विशेष कार्यक्रम ल्याएका छन् ।

केही विद्यालयले सिमित बालबालिकालाई अक्षराम्भ गरी भर्ना लिने सूचना गरेका छन् भने केहीले निशुुल्क भर्ना लिने जानकारी गराएका छन् । केहीले भने भर्नामात्र नभई यस शैक्षिक सत्रमा कुनैपनि शुुल्क नलिने तबाएका छन् । बुुटवल स्थित न्यूू होराइजन, अक्सफोर्ड, एभरेष्ट, तिनाउ, स्कलर्सहोम, लगाएत केही विद्यालयले अक्षराम्भको अवसरमा सिमित भर्ना लिने जानकारी गराएका छन् । केही विद्यालयले मात्र रु ५०० मा नयाँ विद्यार्थी भर्नागर्ने जानकारी दिएका छन् ।

सामुदायिक विद्यालयले पनि यस अवसरमा अक्षरारम्भ तथा भर्ना कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएका छन् । बुटवल स्थित कालिका मानवज्ञान, नबिन औधोगिक कदर बहादुर रिता मावि, कान्ति मावि लगाएतका विद्यालयहरुमा पनि अक्षराम्भ तथा भर्ना कार्यक्रम रहेको छ । कालिका मानव ज्ञानले भर्नासँगै निःशुुल्क शैक्षिक सामग्री वितरण कार्यक्रम समेत राखेको छ । त्यसैगरी यसदिन संगीतकर्मीहरुको पनि विशेष दिन मानिन्छ । स्वर तथा वाणीका देवीपनि सरस्वतीलाई विशेष रुपमा पुुज्ने गरिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।