ताजा अपडेट »

के.पी.एम.मा विशेष भर्ना अभियान

शनिबार, २६ माघ २०७५, १६ : ४५
2 Shares

माघ २६,
तिलोत्तमा । बिगत २ वर्षदेखि रुपन्देहीको ति.न.पा.वार्ड नं. १६ पर्सहवामा कक्षा १० सम्मका कक्षाहरु व्यवस्थितरुपमा संचालनगर्दै आएको विद्यलय के.पि.एम. एजुकेसन प्रा. लि.ले बसन्त पञ्चमीको अवसरमा बिशेष भर्ना अभियान संचालनमा ल्याएको छ । बिद्यालयले यहि माघ २७ गते बसन्त पञ्चमीको दिन देखि फाल्गुन ३ गते सम्म नर्सरी देखी कक्षा ९ सम्म नया भर्ना हुन आउने बिद्यार्थीहरुलाई बिशेष छुट उपलब्ध गराएको जानकारी गराएको हो ।

यस क्षेत्रमा संचालनमा रहेका बिद्यालयहरु भन्दा पृथक रुपमा आफ्रनो शैक्षिक कार्यक्रमलाई अगाडी बढाउदै आएको यस बिद्यालयले अन्तराष्ट्रिय स्तरको शैक्षिक सिकाई पद्धतिलाइ अवलम्बन गर्दै आएको जानकारी गराएको छ । आफ्नै सुबिधा सम्पन्न भौतिक पूर्वाधार सहितको भवनमा संचालित यस बिद्यालयले आगामी शैक्षिक सत्र २०७६ देखि व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ पनि संचालनमा ल्याउन लागेको कुरा बिद्यालयका प्राचार्य डा.भृगुनाथ सिंहले बताएका छन । साथै बिद्यालयले सम्पुण अभिभावक ज्यूहरुलाई बिद्यालयमा स्वागत गर्दै यस विद्यालयमा भईरहेको व्यवस्थापकिय गतिविधि र अध्यनरत विद्यार्थीहरुलाई उपल्बध सेवा सुविधाका सम्वन्धमा जानकारी हासिल गर्नुहुन अनुरोध समेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।