ताजा अपडेट »

मणिमुकुन्द रनिङ शिल्ड भलिबल : सेमिफाइनलमा गुल्मी-नवलपुर र स्याङजा-पर्वत भिड्ने

विहीबार, २६ माघ २०७९, १७ : २६
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपमा विहिबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा नवलपुर, गुल्मी, पर्वत र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मणिमुकन्द भलिबल क्लबको आयोजना तिलोत्तमा–२ मा अवस्थित क्लबको मैदानमा विहिबार भएको प्रतियोयगिताको पहिलो क्वाटरफाइनल खेलमा नवलपुरले रुपन्देहीलाई ३–१ को सेटमा जित दर्ता गरेको हो । नवलपुरले रुपन्देहीमाथि २८–२६, २६–२४, २४–२६ र २५–२० को अंकमा जित हासिल गर्न सफल भएको हो । यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा गुल्मीले पाल्पालाई ३–० को सोझो सेटमा जित दर्ता गरेको छ । गुल्मीले पाल्पामाथि २५-१९, २५-१५ र २५-१९ को अंकसहित जित निकाल्न सफल भएको हो ।

यस्तै तेस्रो क्वाटरफाइलन खेलमा पवर्तले बागलुङमाथि ३–१ को जित निकालेको छ । उसले २०-२५, २६–२८, २५–२३ र २५–१४ को अंकसहित जित निकाल्न सफल भएको हो । यसैगरी चौथो क्वाटरफाइनल खेलमा स्याङ्जाले नवलपरासीलाई पराजित गरेको छ । उसले ३–० को सोझो सेटमा २५-२३, २५-२३ र २५-२१ को अंकमा जित निकाल्न सफल भएको हो ।

यही माघ २४ गतेदेखि जारी प्रतियोगितामा शुक्रबार सेमिफाइनलका खेलहरु हुने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जाकारी दिए । शुक्रबारको पहिलो सेमिफाइनल खेल जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ नवलपुरका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । खेल विहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । यसैगरी दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पर्वतका बीच हुने भएको छ ।

प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका वरिष्ठ उपाध्यक्ष किशन सन्दले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।