ताजा अपडेट »

मणिमुकुन्द रनिङशिल्ड भलिबल कप : आज ४ खेलमा ८ जिल्लाको प्रतिस्पर्धा

बुधबार, २५ माघ २०७९, ०७ : ५०
28 Shares

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं रनिङशिल्ड मणिमुकुन्द भलिबल कप अन्तरगत आज बुधबार ४ खेल हुने भएका छन् । तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रयोगितामा आजको पहिलो खेल जिल्ला भलिबल संघ बाग्लुङ र जिल्ला भलिबल संघ नवलपुरका बीच हुने छ ।

विहान साढे ९ बजेदेखि खेल सुरु हुने क्लबका अध्यक्ष लाकेन्द्र भण्डारीले जानकारी दिए । यसैगरी दोस्रो खेल जिल्ला भलिबल संघ गुल्मी र नवलपरासीका बीच प्रतिस्पर्धा हुने छ भने तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पाल्पाका बीच प्रतिस्पर्धा हुने छ । दोस्रो दिनको अन्तिम तथा चौथो खेल जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ बागलुङका बीच प्रतिस्पर्धा हुने छ ।

मँगलबार भएको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । पर्वतले रुपन्देहीलाई ३–० को सोझो सेटमा जित हासिल गर्दै अंक जोड्न सफल भएको हो । मँगलबार नै भएको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुर विजयी भएको छ । नवलपुरले जिल्ला भलिबल संघ म्याग्दीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।