१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

टर्की। टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु सम्पर्कविहीन  रहेका भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको छ ।सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो ।  साे भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।

टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी भइरहेकाे जनाएकाे छ ।हटेस्पोरका ३१ वर्षका अत्सुले आइतबार सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए । घाना फुटबल संघले अत्सुसँग सम्पर्क गर्ने प्रयास भइरहे पनि उनको बारेमा केही खबर नआएको जनाएको छ । 

‘हामी क्रिस्टियन अत्सु सकुशल हुन् भन्ने कामना गर्छौ,’ घाना फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘साथै हामी टर्की र सिरिया भूकम्पबाट प्रभावितहरुको  पनि स्वास्थ्य लाभको कामना गर्छौं ।हामी टर्की फुटबल संघ र हटेस्पोरसँग सम्पर्क गर्ने प्रयासमा छौँ । हामी सुखद् खबरको पर्खाइमा छौँ ।’ 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा