१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीको २४ औं वार्षिक साधारणसभा सम्पन्न शुक्रबार रुपन्देहीको सियारी स्थित बाउन्नकोटीमा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै व्यवसायीहरुले आर्थिक संकटका कारण व्यवसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

बैंकको उच्च ब्याजदर, लागतमा वृद्धि तथा खपत घट्नुका कारण व्यवसायी बिस्थापित हुने अवस्थामा पुगेको उनीहरुले बताएका छन् । कार्यक्रमको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष अजय कुमार गुप्ताले उद्योगका लागि भारतबाट निर्यात गरिने कोइलाको दोब्बर मूल्य वृद्धिले थप समस्या पारेको उल्लेख गरे । यसैगरी ८ प्रतिशतमा लिएको ऋणको ब्याज दोब्बर भएर १६ प्रतिशतमा पुगेको बताउँदै उनले बैंकले गरेको अन्यायका बिरुद्ध सरकार समेत निरिह बनेको उल्लेख गरे । प्रतिबेदन प्रस्तुत गर्दै गुप्ताले नेपाली कच्चा पदार्थहरुको प्रयोग गरेर ईट्टा उद्योगहरु सञ्चालनमा आएको बताउँदै प्रोत्साहन गर्न सरकारले पूर्वाधार निर्माण गर्दा यसको प्रयोगमा जोड दिनुपर्ने माग गरे ।

कार्यक्रममा ईट्टा व्यवसायी महासंघका सल्लाहकार तथा पूर्व मेयर हरिप्रसाद अधिकारीले व्यवसायीहरुको समस्याप्रति राज्य गम्भीर नभए आन्दोलनका लागि तयार हुन आह्वान गरेका छन् । स्वदेशी उत्पादन र उद्योगहरुको संरक्षणका लागि राज्य गम्भीर बन्नु पर्ने बताउँदै उनले हाल देखिएको चरम आर्थिक संकटको समाधान खोज्न आग्रह गरे । यसैगरि उद्योगी तथा परिसंघ लुम्बिनीका उपाध्यक्ष सफलअलि मियाले बैंकको ज्यादतीले व्यवसायी बिस्थापित हुने अवस्थामा पुगेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका उपाध्यक्ष जिबकान्त काफ्ले, चेम्बरअफ कमर्स रुपन्देहीका अध्यक्ष अनिकल ज्ञवाली, सिद्धार्थ उद्योग बाणीय संघ अध्यक्ष कृष्ण न्यौपाने लगायतले नीजि क्षेत्रको समस्याप्रति राज्य गम्भीर भन्नू पर्नेमा जोड दिए ।

पत्रकारद्वय भुसाल र गुप्ता सम्मानित
संघले वार्षिक साधारणसभाको अवसरमा पत्रकार यमलाल भुसाल र रबिन्द्र गुप्तालाई सम्मान गरेको छ । पत्रकारिताको क्षेत्रबाट वयवसायीहरुका समसया बारे आवाज उठाए सहयोग गरेको भन्दै संघले नगद राशीसहित सम्मान गरेको हो । यसैगरी लुम्बिनी प्रेस क्लबको नव निर्वाचित अध्यक्ष सम्झना शर्मालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी