१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

महोत्तरी ।  कर्तव्य ज्यान मुद्दामा फरार रहेका महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा प्रदर्शन भएको छ । 

Advertisement

मधेस आन्दोलनका क्रममा प्रहरी असई थमन विकको हत्या अभियोगमा फरार रहेका कोइरी एमालेका सांसद हुन् भने उनी प्रहरीको फरार सूचीमा छन् । तर, उनको बचाउमा एमाले र कोइरी समाजमा उत्रिएको छ । कोइरीमाथि झुट्टा मुद्दा लगाएको भन्दै  नागरिक समाजको सहारामा  नेकपा एमाले प्रदर्शनमा उत्रिएको हो । 

११ माघमा जनकपुरमा प्रदर्शन गरेको एमालेले अभियुक्त कोइरीको गाउँ गौशालामा सोमबार पनि नागरिक समाजको नाममा नै  प्रदर्शन भएको छ ।  कुशाहा कल्याण समाज नामक कोइरी जातीय समूहले सांसद महतोलाई झुट्टा मुद्दा लगाएको बताउदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । मधेश आन्दोलनका क्रममा मधुमेह र उच्च्च रक्तचापको समस्याका कारण घरमै स्वास्थ्यलाभ गरिरहेका बेला भएको असई थमनको हत्यामा सांसद कोइरीको कुनै संग्लनता नरहेको  कुशाहा कल्याण समाजले दाबी गरेको छ । 

नेकपा एमालेवाट महोत्तरी क्षेत्र न.१ मा निर्वाचित भएका संसद कोइरीलाइ पक्राउ गर्न प्रहरीले सक्रियता बढाएपछि उनी पुनः फरार भएका छन ।
केहीले उनी भारतको पटना रहेको बताए पनि उनी कहाँ छन भन्ने प्रहरीले एकीन गर्न सकेको छैन ।  २०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि उनलाई जेल चलान गर्न आदेश दिएको थियो । तर, फरार रहेकै बेला गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।  केही साताअघि सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । 
 

प्रतिकृया दिनुहोस्

Flash News

‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा