११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रपति निर्वाचनमा पनि नेपाली कांग्रेस पराजित हुने ठोकुवा गरेका छन् । कांग्रेसको गठबन्धन भत्काउने योजना माओवादी केन्द्रले पनि बुझेको भन्दै रिजालले सभामुख र उपसभामुख निर्वाचनमा जस्तै राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताए । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रिजालले दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसको प्रवृद्धिलाई माओवादी केन्द्रले चिन्नुपर्ने बताए ।

उनले लेखेका छन्, ‘एमालेको राष्ट्रपति भए प्रचण्डलाई अप्ठेरो पर्छु भनेर तर्साइरहेका–तर्सिरहेकाहरुले २०६६ वैशाख २० गतेलाई सम्झे पुग्छ । कांग्रेसका रामवरण यादव राष्ट्रपति भएको बेला प्रधानसेनापति हटाउन नसक्दा प्रचण्डले ‘नागरिक सर्वोच्चता’ भन्दै राजीनामा दिएर हिँड्नपरेको तथ्य सुरक्षित छ । दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसलाई माओवादीले चिनेको छैन होला र ? गठबन्धन भत्काउन गरिएको योजना र प्रचारवाजी यसपटक पनि परास्त हुनेछ– सभामुख, उपसभामुख निर्वाचनमा जस्तै ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी