१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगितमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र शान्ति नमूना मावि, मणिग्राम फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा लुम्बिनीले काशी नोबल एकेडेमी, भैरहवालाई २२ रन र शान्ति नमूनाले साइग्लोबल स्कूल, भैरहवालाई ७० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । लुम्बिनी र शान्ति नमूना बीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

Advertisement

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको झिनो योगफल बनाएको थियो । उसका लागि सन्दीप लोधले १५ र विन्दराम यादवले १२ रन बनाए । बलिङमा काशीका आदित्य शर्माले ५ तथा शौगात लिम्बुले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काशी १४.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमै समेटियो र हार ब्यहोर्यो । उसका लागि प्रथम कँडेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अब्दुल हविवले ४ तथा अब्दुल नदिम शेषले २ विकेट लिए । लुम्बिनीका अब्दुल हविव म्यान अफ द म्याच भई पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले निर्धारित खेलमा ४ विकेटको नोक्सानीमा १ सय ३४ रनको योगफल बनायो । उसका लागि स्वस्तिक पराजुलीले ४५, नविन भण्डारीले २३ र सन्देश भण्डारीले १४ रन जोडे । बलिङमा साइग्लोबलका ओशामा शेष र श्यामु पासवानले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा साइग्लोबल १०.१ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमै सीमित रह्यो । उसका लागि अजिम खाँनले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा शान्ति नमूनाका आशुतोष पाण्डेले ३ तथा रोशन बश्याल र रुविन पराजुलीले समान २–२ विकेट लिए । शान्ति नमूनाका स्वस्तिक पराजुली म्यान अफ द म्याच भई पँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । शनिबार समापन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड