ताजा अपडेट »

कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ?

आइतबार, १८ मंसिर २०७९, १४ : ५१
18 Shares

काठमाडौँ। निर्वाचन आयोगले छिट्टै निर्वाचन आचारसंहिता फुकुवा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको अन्तिम परिणाम आएपछि आयोगले आचारसंहिता फुकुवा गर्ने भएको हो । 

मतपरिणाम आएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता फुकुवा गर्ने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए ।  हाल काम चलाउ सरकार रहेका कारण दीर्घकालीन प्रभाव पार्ने कुनै महत्वपूर्ण निर्णय नहोस् भनेर आचारसंहिता जारी राखिएको आयोगको भनाई छ । गत असोज १२ गतेदेखि आयोगले लागू गरेको आचारसंहिता अझै कायम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।