ताजा अपडेट »

गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

आइतबार, १८ मंसिर २०७९, १० : २७
24 Shares

भक्तपुर ।  नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा  भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले  निष्क्रिय बनाएको छ । 

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिस भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिएका थिए । उनका अनुसार तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको थियो । यसअघि पनि बास्कोटाको निर्माणाधीन घरमा बस विस्फोट गराइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।