ताजा अपडेट »

रोटरी क्लब अफ रुपन्देहीद्वारा १४० विद्यार्थीलाई शिक्षण सामग्री

विहीबार, १५ मंसिर २०७९, १७ : ०४
18 Shares

बुटवल । रोटरी क्लब अफ रुपन्देहीले शिक्षण सामाग्री वितरण गरेको छ । क्लबले विहीबार तिलोत्तमा १७ पिपरैया स्थित बाल विकास आधारभूत विद्यालयमा शिक्षण सामग्री वितरण गरेको गरेको हो । कक्षा नर्शरीदेखि ८ सम्मका १४० विद्यार्थीलाई क्लबले स्टेशनरी सामग्री वितरण गरिएको थियो ।

रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष ऋषिराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिर्थी आरआई डिष्ट्रक ३२९२ जोन २९ का एजी राजुदेवी खनाल रहेका थिए । रोटरी क्लब अफ रुपन्देहीका पूर्व अध्यक्ष देवानन्द पाण्डेको स्वागत मन्तव्य र विद्यालय व्यवस्थापन समितिका सदस्य नुराकुमारी घिमिरे, विद्यालयका प्रध्यानाध्यापक कुलबहादुर उचैले शुभकामना मन्तव्य राखेका थिए भने रोटरी क्लब अफ रुपन्देहीका पूर्व अध्यक्ष मेजर डोनर राजु कुमार पाण्डेले धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका शिक्षक तथा कर्मचारीहरु, अभिभावक र विद्यार्थीहरुसहित करिब २०० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रोटरी क्लब अफ रुपन्देही वर्ष २२/२३ का सचिव थानेश्वर चापागाईले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।