ताजा अपडेट »

संजीवनीमा बिद्यार्थीलाई तालिम

शुक्रबार, २५ माघ २०७५, ०४ : ४५
4 Shares

माघ २५,

बुटवल । कालिकानगरमा रहेको संजीवनी कलेज अफ मेडिकल साइन्सेजले सो कलेजमा पब्लिक हेल्थ अध्ययन गर्ने बिपिएच पाचौं सेमेष्टरका बिद्यार्थीलाई तालिम कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण गरेको छ । त्यस अवसरमा बिद्यार्थीलाई तालिमका आयाम, छलफल तथा व्यबहारिक प्रयोग सम्बन्धि प्रशिक्षण गरिएको कलेजका कार्यकारी प्रमुख दिपक रोकाले बताउनु भयो ।

कलेजका पब्लिक हेल्थ कोर्डिनेटर मदन पन्थीको संयोजनमा भएको तालिममा प्रशिक्षक कपिल शर्माले प्रशिक्षण गर्नुभएको थियो । तालिममा बिपिएच पाँचौं सेमेष्टरका ३६ जना बिद्यार्थी सहभागि थिए । तालिमको उद्घाटन गर्दै कलेजका कार्यकारी प्रमुख दिपक रोकाले तालिमको आवश्यकता र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

कलेजका प्रशासकीय अधिकृत राजु अर्याल तथा पब्लिक हेल्थ प्राध्यापकहरुले तालिमले बिद्यार्थीमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो भने बिद्यार्थीले यस्ता तालिमलाई निरन्तर रुपमा सञ्चालन गर्न आग्रह गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।