ताजा अपडेट »

बुटवलमा सामुहिक बेल बिवाह, करिब ४ दर्जन कन्या सहभागी

आइतबार, ११ मंसिर २०७९, १५ : २८
47 Shares

बुटवल । तिलोत्तमा मैजु खलको आयोजनामा बुटवलमा दुई दिने सामुहिक बेल बिवाह (ईही) शुरु भएको छ। पुल्चोकस्थित दुर्गा भगवती मन्दिरमा आईतबारबाट सामुहिक बेल बिवाह शुरु भएको हो। आफ्नो परम्परा, रितितिथि र संस्कारबारे नया पुस्तालाई ज्ञान दिने रुपमा समेत कार्यक्रम महत्वपूर्ण भएको तिलोत्तमा मैजु खलका अध्यक्ष मिनु श्रेष्ठले बताईन।

वर्षभरि नै मनाईने नेवारी चाडपर्वलाई संस्थागत रुपमा एकतावद्घ भई मनाउदै आएको उनले बताईन। सामुहिक कार्य गर्दा आर्थिक मितब्यायी हुने उनले दाबी गरिन। सहभागीहरुबाट न्युनतम शुल्क लिएर सबै ब्यवस्थापन संस्थाले गर्ने गर्दछ। काठमाडौ साखुका नेवारी पंडित सुधनराज राजोपाध्यायले नेवारी विधि अनुसार अभिभावकसहित कन्याहरुको विशेष पुजापाठ र दैनिक जिवन उपयोगी ज्ञानहरु दिने छन। ईहीमा रुपन्देहीसहित नेपालगंज, नारायणगढ, स्याङ्जा , वालिङ खैरेनीका ४६ कन्याहरु सहभागी रहेको संयोजक यमुना श्रेष्ठले बताईन।

मन्दिर परिसरबाट नेवारी पोशाक, बाजासहित निस्किएको प्रभातफेरिमा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडासदस्य अमृत खड्का, भिमसेन नेवा समाजका अध्यक्ष लिलाप्रसाद श्रेष्ठ, अर्घाखाँची रुपन्देही सम्पर्क समाजका अध्यक्ष बाबुराम श्रेष्ठले शुभारम्भ गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।