१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मात्र देश विकास गर्ने दाबी गरेका छन् । बुधबार झापामा आयोजित चुनावी भेलामा उनले अन्य पार्टीसँग देश चलाउने, संगठन चलाउने, पार्टी चलाउने बुद्धि नै नभएको दाबी गरे ।

‘देश चलाउन, पार्टी चलाउन त बुद्धि चाहियो नि, तर अरु दलमा त्यस्तो देखिएको छैन । त्यसैले एमालेले मात्र देश चलाउने हैसियत राख्छ,’ ओलीले भने ।उनले जनतालाई अधिकार सम्पन्न बनाउने गरी एमाले अघि बढेको बताए । ‘हामीले १७ हजार मानिस क्रान्तिको सपना देखाएर उक्साएर, भड्काएर मारेको देख्यौं,’ उनले भने, ‘ती सहिदका परिवार आज के गर्दैछन् ? घाइतेहरू के गर्दैछन् ? उनीहरूको जीवन अवस्था कस्तो छ ? त्यो हेर्नुपर्दैन । क्रान्तिको सपना देखाएर पार्टीको नेतृत्व लिने दुई दुईपटक प्रधानमन्त्री बने । अहिले पनि गठबन्धनको सरकारमा छन् । तर एमालेले मात्र द्वन्द्वका पीडित घाइते र प्रभावितहरूको जीवन निर्वाह गर्न भत्ताको व्यवस्था गरेको छ ।’

ओलीले एकीकृत समाजवादी भन्ने पार्टी नै नभएको दाबी गरे । उनले माधवकुमार नेपाल एमाले सिध्याउने अभियानमा लागेको आरोप गर्दै एकीकृत समाजवादीको हैसियत मंसिर ४ गतेको निर्वाचनले देखाउने बताए । ओलीले रवि लामिछानेप्रति इंगित गर्दै पत्रकारिता गर्न छाडेर राजनीति गर्न आएको, उम्मेदवार दिएको भन्दै घन्टी बजाएर, लौरो टेकेर आउने स्वतन्त्रबाट देश नचल्ने दाबी गरे । उनले देश विकास गर्न सुदृढ पार्टी आवश्यक पर्ने बताए । उनले गठबन्धन सरकारले जे पनि गर्न सक्ने भन्दै चनाखो भएर बस्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै