१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । मोरङ ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन नसर्ने भएको छ ।

उम्मेदवारको निधनको औपचारिक जानकारी आएपछि आजबाटै निर्वाचन मनोनयन प्रक्रिया सुरू हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल प्रेसलाई बताए । यहाँ कांग्रेसले अब अर्को व्यक्तिलाई मैदानमा सार्नुपर्नेछ ।उनले भने, ‘निर्वाचन हुने मितिको सात दिनअघि उम्मेदवारको निधन भएमा निर्वाचन रोकिँदैन । हामीलाई औपचारिक जानकारी आउनासाथ आजैबाट मनोनयन प्रक्रिया सुरू गर्छौँ ।’

प्रदेश १ का प्रदेश निर्वाचन अधिकारी लेवनकाश्यप अधिकारीले नेपाली कांग्रेसका लागि मात्रै मनोनयन दर्ता गर्न छोटो समय राखेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । निधन भएका थापा प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत हुन् । सो क्षेत्रमा एमालेका किशोर राई चुनावी मैदानमा छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै