ताजा अपडेट »

तिलोत्तमा ६ का ज्येष्ठ नागरिकलाई सम्मान

सोमबार, ०७ कार्तिक २०७९, १४ : १९
29 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालीका वडा न ६ को आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडाभित्र रहेका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच जाडोमा न्यानो गराउने ब्लांकेट, र सम्मानपत्रले सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै नगरपालीकाका प्रमुख रामकृष्ण खांणले ज्येष्ठ नागरिकले पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गरे । उनले पाका पुस्ताले देखाएको बाटोमा हिंड्न सके हरेक व्यक्ति सफल हुने भन्दै ज्येष्ठ नागरिकप्रतीको सम्मानमा कहीं कसैले कमजोरी गर्न नहुने बताए । त्यस्तै, वडाध्यक्ष गणेश पाठकले वडाको विशेष कार्यक्रम अन्तर्गत पारिएको ज्येष्ठ नागरिक सम्मानले चाडपर्वका बेला एक आशिर्वाद ग्रहण गर्ने मौका मिलेको बताए ।

उनले जुनसुकै बाटोमा अघि बढ्न वा लक्ष्य प्राप्तीका लागि अग्रज को भुमिका महत्वपुर्ण हुने भन्दै हरेक नागरिकले आफु भन्दा अग्रजको कुरा सुन्ने, सल्लाह मानने र काम गर्ने गरेमा समस्या नहुने बताए । कार्यक्रममा वडाभित्र रहेका विभिनन संघसंस्थाका प्रतिनिधी, समाजसेवी तथा स्थानियकने उपस्थिती रहेको थियो । वडाका १ सय बढी ज्येष्ठ नागकिलाई सम्मान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।