ताजा अपडेट »

शान्तिमा नगरस्तरीय हाजिरीजवाफ

बुधबार, २३ माघ २०७५, १५ : ४१
6 Shares

माघ २३,
तिलोत्तमा । शान्ति नमूना मावि आयोजनामा नगरस्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेल सप्ताह अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । तिलोत्तमा नगरपालिका भित्रका १३ वटा विद्यालयहरु सहभागी भएका उक्त प्रतियोगितामा स्मृति बोर्डिंग स्कूलले प्रथम स्थान हासिल गरेको छ भने डन चिल्ड्रेन बोर्डिंग स्कूल, होराइजन जिबिएस र पामिर एकेडेमीले क्रमश दोश्रो, तेश्रो र सान्त्वना स्थान हासिल गरेका थिए ।


विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिका शिक्षा ईकाई प्रमुख हरि प्रसाद ज्ञवालीले नगद पुरस्कार र ट्रफी प्रदान गरेका थिए । कार्यक्रममा विद्यालय निरीक्षक सुदिप गिरि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई लगायतले बोल्दै हाजिरी जवाफ कार्यक्रमले विद्यार्थीहरुको ज्ञानको भण्डार बढाउने र विद्यालयहरु विच आत्मीय सम्बन्ध बढाउने कुरामा जोड दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षता तथा विष्णु कुमारी पौडेलको संयोजनमा भएको कार्यक्रमको संचालन शिक्षक राजेन्द्र केसीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।