१७ मंसिर २०७९, शनिबार

Dec 3, 2022

काठमाण्डौं । मामाघर जान निस्किएका ककनी गाँउपालिका–२ का चार वर्षीय बालक श्रेयान घिमिरे मृत भेटिएका छन् । यही बिहीबार खोला तर्ने क्रममा बगेर बेपत्ता भएका श्रेयानको शव नेपाल प्रहरीले ककनी गापा–१ स्थित नुवाकोट र काठमाडौँको सीमाक्षेत्र ठाडो खोलामा भेट्टाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार ककनी–१ सिमटारबाट बिरुवातर्फ ससुराली जाने क्रममा शिवराम घिमिरेले चलाइएको बा ८० प ७९७० नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको चार वर्षीय छोरा श्रेयान र आठ वर्षीया छोरी वेबिसा घिमिरेलाई कोल्पुखोलाले बगाएको थियो ।

बेबिसालाई घटना लगत्तै घाइते अवस्थामा उद्धार गरे पनि उपचारको क्रममा निधन भएको थियो भने श्रेयानको शव शुक्रबार साँझ भेट्टिएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक तथा उक्त बच्चाको बुबा शिवराम घिमिरे सामान्य घाइते भएका थिए ।-रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार