१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

चितवन । नारायणी नदीले देवघाटमा सतर्कता पार गरेको छ । जलसतह थप बढ्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले आज साँझ सम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैगरी दाङ भएर बग्ने पश्चिम राप्ती नदिमा जलसतहले खतराको तह पार गरेको छ । दाङको बगासोति जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । अहिले राप्ती नदिमा जलसतह ६.४ मिटर पुगेको छ । सतर्कता तह ५.५ मिटर हो भने ६.२ मिटर जलसतह पुग्यो भने खतराको तह पार गरेको मानिन्छ ।

दुई दिन देखि लगातार पानी पर्दा डुबान र कटानको जोखिम बढेको छ । पश्चिम राप्ती र बबई नदि क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । लगातारको वर्षाले बबई नदीमा पनि जलस्तर खतराको चिह्नमाथि पुगेको छ । बबई नदीमा जलस्तर ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय प्रशासनले बबई नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मनसुन पुन: सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले खोला, नाला र नदीमा जलस्तर बढ्दै गएको छ ।-नेपालटिभी अनलाइन

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?