८ आश्विन २०७९, शनिबार

Sep 24, 2022


बुटवल । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लुम्बिनी प्रदेश खेलकुद परिषदले शारीरिक सुगठन खेलका खेलाडी छनोट सम्पन्न गरेको छ। पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए ।

Advertisement

श्रेष्ठले छनौट प्रतियोगितामा ६ स्वर्ण १ रजत गरी सात पदक प्राप्त गर्दै रुपन्देही जिल्लाले टिम च्याम्पिनको शिल्ड प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गरे । सोमबार नबिन औधोगिक मा बिको सभाहलमा रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन क्षेत्रीको संयाेजकत्व तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराइको प्रमुख आतिथ्यमा छनाैट कार्यक्रम सम्पन्न भएको थियो।

राष्ट्रिय निर्णायकहरु क्रमशः शिबध्वज राई, केशव बहादुर शाक्य, राज कुमार श्रेष्ठ र सुरज श्रेष्ठले छनाैट कार्यक्रमकाे सहजीकरण गरेका थिए। उक्त छनाैट कार्यक्रममा पुरुष शारीरिक संगठन खेल तर्फ ५५ केजी बजन समुहमा भानुभक्त कठरिया रुपन्देही प्रथम, रन बहादुर सारु पाल्पा दोश्रो तथा शिवराज बिष्ट गुल्मी तेश्रो भएका थिए । ६० केजीमा रुपन्देहीका सुनिल आले प्रथम नवलपरासीका लेख बहादुर गुरुङ्ग र पाल्पा अनुराग बिक क्रमश दोश्रो र तेस्रो भएका थिए ।

पुरुष शारीरिरक सुगठनको ६५ केजीमा नवलपरासीका नवराज डुम्रे पहिलो, गुल्मीका दिलिप ढेङ्गा र दाङ्गका माधव सुवेदी दोश्रो र तेस्रो हुन सफल भएका थिए । ७० केजी तौल समुहमा क्रमश रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ प्रथम, दाङ्गका भुवन बिक दोश्रो र पाल्पाका प्रतिप बराल मगर तेस्रो स्थान हात पर्न सफल भए । ७५ केजीमा रुपन्देहीका आकाश राना प्रथम भए भने ८० केजी तौल समुहमा दाङ्गका मधु बिक्रम थापा प्रथम स्थान हात पारे । ८० केजी भन्दा माथिको समुहमा रुपन्देहीका बिष्णु निषाद प्रथम हुदै राष्ट्रिय खेलमा सहभागी हुने यात्रा तय गरे ।

उता पुरुष फिजिक्स १७० सेमी भन्दा मुनि तर्फ रुपन्देही एनोस थापा छनौट हुन सफल भए । राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम पटक समावेश महिला शारीरिक सुगठन खेलमा नवलपरासीकी जिल्लाकी रबिना कुवर प्रथम हुदां रुपन्देहीकी पुजा केशीले दोसो स्थानमा चित्त बुझाइन् । महिला मोडल फिजिक्स बिधामा दाङ्गकी उर्मिला बस्नेत प्रथम स्थान लिन सफल भइन् । पुरस्कृत खेलाडीहरुलाइ प्रमुख अतिथी, निर्णायक शारीरिक सुगठन खेलका अन्तराष्ट्रिय खेलाडी जिवन गिरी तथा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र बितरण गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण