ताजा अपडेट »

अमेरिकामा कोभिड समाप्तः बाइडेन

सोमबार, ०३ असोज २०७९, १० : २७
15 Shares

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन् । कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको  र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो । 

‘महामारी समाप्त भएको छ । हामीसँग अझै पनि कोभिडको समस्या छ । हामी अझै यसमा धेरै काम गरिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने ।
तर, केही साताअघि मात्र बाइडेनले कोभिड परीक्षण र खोप सञ्चालनहरू जारी राख्न कांग्रेसबाट अरबौं डलर निकास गर्न अनुरोध गरेका थिए ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।