५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

भैरहवा । ५८ औ बाल दिवसका अवसरमा भानु माध्यमिक बिद्यालयले कक्षागत प्रतियोगिता कार्यक्रमहरू सम्पन्न गरेको छ । बालदिवसको अवसर पारि विद्यालयले बाल कविता वाचन, अनु लेखन, चित्रकला, श्रुति लेखन, निबन्ध लेखन, गाउँ खाने कथा, हाजिरी जवाफ प्रतियोगिता लगायतको कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

कक्षा १ को बिद्यार्थी हरु बीच गरिएको बाल कविता बाचन प्रतियोगितामा जानकी कुर्मी प्रथम , विप्लव मल्लाह द्वितीय र साइद पठान तृतीय भएका थिए । कक्षा २ का बिद्यार्थी बीच भएको अनु लेखन प्रतियोगितामा सदिया खातुन प्रथम, अनुराग कोहार द्वितीय र जैन्व खान र सन्देश थारू तृतीय भएको भानु माध्यमिक बिद्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदीले जानकारी दिए । कक्षा ३ मा भएको चित्रकला प्रतियोगितामा मोनि हरिजन प्रथम, रितेश मल्लाह द्वितीय र सन्ध्या कुमाल तृतीय भएका छन् । यस्तै कक्षा ४ मा चित्रकला प्रतियोगितामै गौरी पौडेल प्रथम, प्रिया चौधरी द्वितीय र जेनिषा क्षेत्री तृतीय भए ।

कक्षा ५ मा श्रुति लेखन प्रतियोगितामा सागर कुमाल प्रथम , विराट पौडेल द्वितीय र अंशिका वरै तृतीय भइन । कक्षा ६ मा श्रुति लेखन प्रतियोगितामै दुर्गा चाई प्रथम , मनिषा पाण्डे द्वितीय र निश्चल गुप्ता तृतीय भएको सुवेदीले बताए । कक्षा ७ मा भएको निबन्ध लेखन प्रतियोगितामा प्राप्ति क्षेत्री प्रथम , अनुराधा बि क द्वितीय र सुदिप मल्लाह तृतीय भए । कक्षा ८ को कथा वाचन प्रतियोगितामा विपिन बि क प्रथम, सन्तोषी कुंवर द्वितीय र गोविन्द ओली तृतीय भए । कक्षा ९ गाउँ खाने कथा प्रतियोगितामा प्रथम अप्सरा बि क, सवनम खातुन, आशिष गुरुङ, पूर्णिमा कुँवर, अस्मिता सारु, द्वितीय अर्जुन दुवे, सुन्जल घर्ती, रूपेश धवल, अश्विन कुमाल, मुकेश गुप्ता र तृतीयमा पार्वती पछाई ,लक्ष्मी मगर ,मनिषा कुमाल, मधु कुमारी चौधरी , विशाल थारुको समुह रहेको सुवेदीले जानकारी दिए ।

यसै गरि कक्षा १० मा भएको हाजिरी जवाफ प्रतियोगितामा सुनिल नेपाली, राफिया खातुन, शुशिला ढकाल, सुस्मिता कहार र नारायण पाण्डेको समुह प्रथम, पवन कुमार यादव, सविता मल्लाह, आशिष पाण्डे, मोहित वरै र ललिता धवलको समूह द्वितीय र अमन थारू, सकिना खातुन, संस्कृती जयसवाल, आँचल थारु र ग्रिजेश मल्लाहको समूह तृतीय भएको थियो ।

यो कार्यक्रमले एकै दिनमा एउटै समयमा सबै कक्षामा अलग अलग प्रतियोगिता संचालन गर्न सकिदो रहेछ भन्ने नयाँ अनुभव भएको बिद्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ