६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

भैरहवा । भैरहवामा सञ्चालनमा रहेको चारतारे होटल बोधी रेड्सनले दशैं तिहार लक्षित नया अफर सार्वजनिक गरेको छ । बुधबार होटलले पत्रकार सम्मेलनको आयोजना गर्दै अफरबारे जानकारी गराएको छ । होटलको ब्यवस्थापन लिएको शाईनी होटल्स एण्ड रिसोर्टका मूख्य कार्यकारी अधिकृत दिपक ठाकुरले ९ हजार ९ सय ९९ रुपैयामा डिलक्स कोठा सहित डिनर र बिहानको नास्ता समावेश गरिएको जानकारी दिए ।

Advertisement

यसैगरि सोही प्याकेजमा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट ल्याउने र पु¥याउने सुविधा समेत रहेको उनले बताए । प्याकेजमै लुम्बिनी भ्रमणको ब्यवस्था पनि रहेको ठाकुरको भनाई छ । बिशेष गरि दशैंमा घुमफिर गर्न रुचाउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरि प्याकेज ल्याईएको बताए । तर यो प्याकेज नेपालीका लागि मात्र नभई ईच्छुक भारतीय पर्यटकलाई पनि प्रदान गर्ने योजना रहेको ठाकुरले सुनाए । उनले आफ्ना आभिभावकसंग आउने बालबालिकालाई पनि सोही प्याकेजमा समेटिएको र यसबापत अतिरिक्त शुल्क नलिने जनकारी दिए । भारतमा होटल ब्यवस्थापनमा प्रख्यात मानिएको शाईनीले रेडसन आफ्नै रेखदेखमा सञ्चालन सुरु गरेको छ ।

अहिले रेडसन्मा ७५ प्रतिशत पर्यटकहरुले कोठा भरिएको ठाकुरको दावी छ । बिशेष गरि सीमा क्षेत्रमा रहेका होटलहरुलाई लक्षित गरि शाइनीले चेन ब्यवसायको रुपमा यसलाई परिस्कृत गर्ने र नेपाल भ्रमणमा आउने भारतीय तथा आन्तरिक पर्यटकलाई एकै प्रकारको सेवा उपलब्ध गराउने लक्ष्य रहेको जनाए । शाईनीले यस अघि काठमाण्डौंको रुद्र भ्यु, मूनलाई रिसोर्ट, गोल्डेन गेट लगायतका होटलहरुमा पनि आंशिक ब्यवस्थापनको काम हेरेको ठाकुरले जानकारी दिए ।

सीमा क्षेत्रमा भारतीय पर्यटकहरुका लागी अधिकतम पर्यटनको सम्भावना रहेको र भारतमा आफ्नो राम्रो पकड रहेको कारण यसले नेपालका होटल तथा पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने ठाकुरको भनाई छ ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा सञ्चालनमा रहेको बोधी रेड्सनमा अहिले ९८ वटा उच्चस्तरिय कोठा, १६ वटा भिला सहित क्यासिनो, ब्यायमशाला, ५ सय बढी क्षमताको बैठक कक्ष, वाटर पार्क लगायतको सुविधा रहका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट