ताजा अपडेट »

बालबालिकाको अधिकारको प्रत्याभूति गरौं

बुधबार, २९ भदौ २०७९, १५ : १७
193 Shares
बुधबार, २९ भदौ २०७९
193 Shares

‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार,उत्तरदायी सरकार’ यो ५८ औं राष्ट्रिय बाल दिवसको नारा हो । बालबालिकाको संरक्षण,प्रवद्र्धन र हितका लागि उनीहरुको अधिकारको प्रत्याभूति गराउनका लागि विशेष प्राथमिकतका साथ दिवस मनाउन सुरु गरिएको हो । प्रत्येक वर्ष विशेष नारासहित राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा विशेषगरी औपचारिक समारोहरु हुने गर्दछन् ।

बालबालिकाहरुको अधिकारसँगै उच्च सम्मानमा ५७ वर्ष अगाडिदेखि नेपालले बाल दिवस मनाउँदै आएको हो । पहिले भदौं ४ गते मनाइने दिवस नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

वि.सं.२०६३ सालबाट हरेक वर्ष भदौं २९ गते बाल दिवस मनाउन सुरु गरिएको हो । बालबालिकाको महत्व र अधिकारका लागि बालदिवस मनाउनु आँफै निकै सकारात्मक पक्ष हो । अन्तराष्ट्रि तथा कानूनी मान्यताअनुसार पनि बालबालिकाको संरक्षण र प्रवद्र्धनमा मुलुकको जिम्मेवारी हुन्छ । तर,प्रत्येक वर्ष विभिन्न नारासहित दिवस मनाउँदै आए पनि बालबालिकाको अवस्थामा सुधार र समस्यामा सुधार आउन भने सकेको छैन ।

सानै उमेर कलिलो मष्तिष्क भएका बालबालिका आँफैमा संवेदनशिल हुन्छन् । बालबालिका भोलिका कर्णधार हुन्,राष्ट्रको भविष्य निर्माण गर्ने आगामप् नागरिक तथा सम्पत्ति मानिन्छन् । तर, ती सबै बालबालिकाको संरक्षण र प्रवद्र्धनमा सरोकारवाालाहरुको कमजोरी हुँदै आएको छ । अझैपनि देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको छ । देशका ठूला शहरमा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै छ ।

बालबालिकाको सम्मान र अधिकारकको संरक्षणमा प्रत्येक वर्ष दिवस मनाइरहँदा सोही सम्मान र अधिकारबाट बञ्चित हुने बालबालिकाको संख्या भने बढ्दै गएको छ । गरिबी,विपन्नता,वैदेशिक रोजगार,विभिन्न विपद्का कारण बालबालिकाहरुबाट अधिकारबाट बञ्चित हुँदै आएका छन् । त्यसैगरी सम्पन्न परिवारका बालबालिकापनि पछिल्लो समयमा उनीहरुले पाउनुपर्ने अभिभावकको समय,माया,स्नेह र साथ नपाउँदा अधिकारबाट बञ्चित भएका छन् ।

शिशु अवस्थादेखि १८ वर्षसम्म उमेर समूहका बालबालिका स्वतन्त्र हुन्छन् । उनीहरु आफ्ना इच्छा र रुचिअनुसार रमाउन चाहान्छन् । तर, उनीहरुको स्वतन्त्रतामा अभिभावकको निगरानी राज्यको संरक्षण आवश्यक रहन्छ । हुर्किँदै, रमाउँदै, अध्ययन गर्दै गर्ने क्रममा उनीहरुलाई आवश्यक आधार पूर्वाधार तयार तथा व्यवस्थापन गर्ने दायित्व अभिभावकको हो भने जिम्मेवारी राज्यको । तर, बद्लिँदो परवेश र जीवनशैली अनुसार बालबालिका अभिभावकबाट सानैमा टाडिँदै गएका छन् भने विस्तारै युवा अवस्थामा लाग्दै गरेका ती बालबालिका देशबाटनै टाढिल लागेका छन् ।

बाल उमेर हुर्किने रमाउने र विद्यालय जाने मात्रै होइन । संस्कृति,रहन–सहन,सभ्यता, संस्कार तथा जीवनपयोगी शिक्षा सिक्ने समय पनि हो । अभिभावकको पूर्ण साथ,समय, माया, स्नेहर हेरचाह आवश्यक पर्ने चरण हो । तर, कार्य व्यस्तता , प्रविधिको प्रयोगमा, वैदेशिक रोजगार लगाएतमा अभिभावक रहँदा बालबालिकाले आफ्ना अभिभावकको समय र साथ नपाउने प्रचलन बढ्दो छ । अर्कोतर्फ मोबाइल,कम्प्यूटर,टेलिभिजन, आइप्याड लगाएतका ग्याजेटको उपलब्धता र आकर्षणले धेरै बालबालिका अभिभावक,परिवार र समाजभन्दा पनि त्यस्ता सामग्रीमा भुल्ने,एकोहोरो हुने सोही अनुसार व्यवहार गर्ने लतकै रुपमा त्यस्ता सामग्री प्रयोग गर्ने बानीको विकास भएको छ ।

राष्ट्रिय रुपमै देशभर बाल दिवस मनाइँरहँदा अझै पनि विभिन्न कारणले अभिभावकको साथ र मायाबाट बञ्चित भएका,गरिबी र अभिभावकबिहिन सडकमा माग्न बाध्य भएका, पढ्ने उमेरमा होटल,उद्योगमा पेट पाल्नकै लागि अन्यका घर, होटल,उद्योगमा बालश्रम गर्न बाध्य भएका बालबालिकाहरु उनीहरुको संरक्षण, रेखदेख, अधिकारको प्रत्याभूति बारे सोँच्नु र कार्यान्वयन गर्नु पर्दैन ?

धेरै बालबालिकालाई आजको दिवस र आफ्नो अधिकारबारे थाहै छैन । कैंयौ बालिका बलात्कृत भएका छन् । बालक दु्रव्यशनमा लागेका छन् । यसतर्फ सरोकारवालाको लगावसहितको चासो लगाभ भएमा समस्या समाधान हुन सक्छ । तर,यती गम्भिर विषयमा पनि कैंयौ परिवार,समाज,संघ संस्था र राज्यको केवल औपचारिकता मात्रै देखिन्छ । बालबालिका परिवारका लागि खुशी र भविष्यका स्रोत हुन् । राज्यका लागि भोलिका दक्ष,कर्मठ नागरिक हुन् । तसर्थ बालबालिकालाई आवश्यक माया,स्नेह,शिक्षा,संस्कारसहित सम्पूर्ण आधारभूत आवश्यकता परिपूर्ति गर्दै उनीहरुको अधिकारको प्रत्याभूति गरौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।