७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाले चौथो स्थापना दिवस मानव सेवामा आश्रितहरुलाई भोजन सहयोग गरेर मनाएका छन् । संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले खाना खुवाउने कार्यक्रमको उद्घाटन गर्दै आश्रमलाई सबैको सहयोग जरुरी रहेको बताए ।

संघका अध्यक्ष सुरज भट्टराईले संस्थागत सामाजिक सहयोगलाई निरन्तरता दिने काम गरेको बताए । घरमा एक जना बिरामी पर्दा सेवा गर्न धेरै कठिनाई हुने भन्दै यति ठूलो समुहलाई स्याहारसुसार गर्ने काम सामान्य नभएको उनले उल्लेख गरे । लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार रोहितराज क्षेत्री, लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपाने, महासचिव पुरुषोत्तम भट्टराई, सचिव नारायण थापाले संस्थागतका साथै ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिवद्घता जनाए ।

मानव सेवा आश्रमका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश प्रमुख रुपा केसीले विभिन्न उमेर समुहका अनाथ असहायहरुको अभिभावक बन्ने अवसरका रुपमा सहयोग रहेको बताईन । आर्थिक सहयोग जुटाउन ७ प्रदेशको १० वटा स्थानमा नेपथ्य ब्याण्डसंग सहकार्य गरि मानवताका लागि सागितिक कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताईन । हाल ७ प्रदेशमा २५ वटा सेवा आश्रममा १ हजार ६ सय भन्दा बढी अनाथ असहायहरु आश्रीत छन । बुटवलमा भाडामा संचालनमा रहेको आश्रम अहिले तिलोत्तमा नगरपालिकामा आफनै भवन निर्माण गरि सारिएको छ । रुपन्देही शाखामा १ सय ५० जना आश्रित छन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल