ताजा अपडेट »

१६ वर्षीया बालिकाकाे सामुहिक बलात्कार, १३ वर्षको बालक पनि घटनामा संलग्न !

मंगलबार, २८ भदौ २०७९, १२ : ५३
47 Shares
मंगलबार, २८ भदौ २०७९
47 Shares

मुगु  ।  मुगुमा १६ बर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामुहिक बलात्कार गरेकाे आराेप छ ।  

पीडितकाे उजुरीका आधारमा बलात्कार आराेपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेकाे छ । एक आराेपी  १३ वर्षीय बालकलाई भने कानुनअनुसार संरक्षककाे जिम्मामा छाडेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । 

उनका अनुसार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि बिस्तृत अनुसन्धान भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।