ताजा अपडेट »

वडा कार्यालय टाढा परेपछि टोलमै प्रशासनिक सेवा विस्तार

मंगलबार, २८ भदौ २०७९, १० : २७
51 Shares
मंगलबार, २८ भदौ २०७९
51 Shares

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १४ मा रहेको वडा कार्यालय टाढा परेपछि उक्त वडाको रातामाटा गाउँमै वडा स्तरिय प्रशासनिक सेवा कार्यालय स्थापना गरिएको छ ।

सो गाउँमा सोमबार रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले वडा नम्वर १४ को सम्पर्क कार्यालय एक समारोहका बीच उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले भनेका छन् –‘ जनताका हरेक प्रशासनिक कार्य संम्पादन गरि आम रातामाटा बासी सम्पुर्ण आदरणीय आमा, बुबा, दिदीबहिनी, दाजुभाइहरुले यस कार्यालय बाट सेवा लिनु हुनेछ भन्ने कुरामा विश्वस्त छौँ ।’

वडा नम्वर १४ का वडाध्यक्ष धनबहादुर पुनका अनुसार साविक पराल्मी गाविसको ४ वटा वडाका सेवाग्राहीहरुलाई माथी पराल्मीको डाँडापोखरी स्थित वडा कार्यालय सम्म आउन बृद्ध बृद्धाहरुलाई झण्डे् दुई तीन घण्टा सम्म पैदल हिडुनु पर्छ । मुलुक संघिय संरचनामा जाँदा त्यहाँका बासीन्दाले नजिकको प्रशासनिक सेवा माग गरेका थिए ।

तर पनि उनिहरु पुरानै साविक पराल्मी गाविस रहेकै स्थानमा वडा कार्यालयको सेवा लिन बाध्य हुँदै आएका थिए । उनीहरुको त्यही असुविधालाई मध्ये नजर गरि वडा कार्यालयको सम्र्पक कार्यालयका रुपमा रातामाटा गाउँको सितलपाटी भन्ने स्थानमा वडाबाट हुने सबै प्रकारका प्रशासनिक सेवा उपलब्ध हुने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।