ताजा अपडेट »

चोलेन्द्रलाई आज आठ प्रश्न, बयान आजै सक्ने तयारी

मंगलबार, २८ भदौ २०७९, ०९ : २१
16 Shares
मंगलबार, २८ भदौ २०७९
16 Shares

काठमाण्डौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ। बैठक दिउँसाे १ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ। जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ। उनले चौथो दिनको बयान सकिँदासम्म ३५ प्रश्नको जवाफ दिएका हुन्।

तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका उनले चौथो दिन आइतवार उनले थप २४ वटा प्रश्नको जवाफ दिएका हुन्। संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।