७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

तिलोत्तमा । तिलोत्तमा नगरपालीका वडा न ६ मा शवदाह गृह निर्माण सम्बन्धी प्रारम्भिक समिती गठन भएको छ । सोमवार गठित समितीले वडा ६ मा रहेका सार्वजनिक जग्गा मध्ये शवदाह निर्माणका लागि उपयुक्त जग्गा छनोट गरी दाहसंस्कार गर्नका लागि वडामै शवदाह गृह बनाउने भएको हो ।

Advertisement

उक्त समिती गठनका लागि वडामा बसेको भेलामा बोल्दै वडाध्यक्ष गणेश पाठकले शवदाह गृह बनेपछि स्थानियलाई सुविधा हुने बताए । उनले वडा ६ मा नै तिलोत्तमा कोरिडोर बन्ने भएकाले कोरिडोरलाई ख्याल गर्दै शवदाह बनाउन खाका कोर्ने बताए । शवदाह गृह वडा ६ मा बन्नु तिलोत्तमा बासीकै लागि सहज स्थान हुने समेत उनले बताए । अध्यक्ष पाठकले मृतक आफन्तको अन्तिम संस्कार गर्न टाढा सम्म धाउनुपर्ने बँध्यताको अन्त्य पनि यस शवदाह गृहले गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, भेलामा बोल्दै समाजसेवी रोमणी प्रसाद पाठकले शवदाह गृह अहिलेको आवश्यकता रहेको बताए । उनले तिलोत्तमा घाट नदी किनारमा गृह बने सबैलाई सहज र सुविधायुक्त हुने बताए । उक्त गृह बनाउंदा संघीय देखि स्थानिय तहको बजेट बाहेक वडाबासीको श्रम, बजेट मिसाएर बनाइएमा राम्रो , अपनत्व झल्किने खालको बन्ने बताए ।

अर्का समाजसेवी अर्जुनराज उपाध्यायले वडाध्यक्षले ल्याएको प्रस्ताव प्रशंसनीय रहेको बताए । उनले समितीले जग्गाको छिटो खोजी गरी सबैको सहयोग र सहकार्यमा काम अगाडि बढाइहाल्नुपर्ने बताए । यसले छिमेकी पालीका र जिल्लावासीलाई नै सहयोग पुु्याउने उनको भनाई थियो ।

साथै भेलामा भएको छलफलमा कार्यपालीका सदस्य नरबहादुर छन्तेल, झरना स्पोर्टस क्लबका पुर्व अध्यक्ष लोक पुन, समाजसेवी शिव पाठक, अनिल चापागाईं, राधिका पुन लगायतले बोल्दै वडामा बन्ने पुर्वाधारले वडाबासी मात्र नभई सबैलाई पवित्र नदी तिनाउको सेरोफेरोमा अन्तिम संस्कारको दायित्व पुरा गर्ने वातावारण बनाउने बताए । भेलाबाट वडाध्यक्षको संयोजकत्वमा १२ सदस्यीय समिती गठन भएको वडाका प्रतिनिधी देवी न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल