ताजा अपडेट »

नेपाली बजारमा ‘सेतो बाघ’

मंगलबार, २१ भदौ २०७९, १५ : २१
60 Shares
मंगलबार, २१ भदौ २०७९
60 Shares

बुटवल । भोड्का तथा ह्वीस्कीका पारखीहरुका लागि नेपाली बाजारमा नयाँ उत्पादन बजारमा आएको छ । नेचुरल स्पिरिट्स नेपाल प्रा.लि.ले मँगलबार रुन्देहीको तिलोत्तमाबाट नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

प्रालिले भोड्का पारखीका लागि ‘सेतो बाघ’ सार्वजनिक गरेको हो । ३० यूपीको यो भोड्कामा युरोपियन स्प्रिट प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसैगरी ह्वीकी पारखीहरुका लागि ‘सारङ्गी’ सार्बजनिक भएको छ । उक्त ह्वीस्की ४० यूपीको रहेको छ । धादिङको गल्छीमा उद्योग स्थापना गरी उत्पादन सुरु गरेको कम्पनीले अधिराज्यभर ८० वटा डिलरबाट बजारमा पुर्याएको छ । १ अर्ब लागतमा सञ्चालन गरिएको उद्योगले सुरुवातमा दैनिक ५ हजार कार्टुन उत्पादन गर्ने गरेको कम्पनीका चेयर पर्सन असिम सिटौलाले जानकारी दिए । उद्योगमा २ सय बढीले रोजगारी पाएको उनले बताए ।

सेतो बाघ १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरु भन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको र यस ब्रान्ड्लाई देशब्यापी वितरण गर्ने क्रममा मँगलबार तिलोत्तमाको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा ब्राण्ड सार्वजनिक गरिएको कम्पनीका लुम्बिनी प्रदेश मार्केटिङ प्रमुख जिवन घिमिरेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।