७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बारा ।  नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको कांग्रेस नेताहरू बताउँछन् । 

Advertisement

बारामा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरको दुई गुट छ । मन्सुर सभापति शेरबहादुर देउवा नजिक छन् भने चौधरी कृष्णप्रसाद सिटौला निकट । बारामा केन्द्रीय गुटको समीकरणभन्दा निकै फरक देखिएको छ । केन्द्रमा देउवा र सिटाैला सँगै छन् । देउवा निकट सभापति राजेश राय यादव जिल्लामा चौधरीसँग छन् । मन्सुरले भने देउवा गुटका जिल्ला सभापतिबाहेकका अन्य नेतालाई साथमा लिएर हिँडेका छन् ।

आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदका आकांक्षीहरूको नामावली सिफारिस गर्ने क्रममा कांग्रेस बारामा विवाद भएको छ । विवादपछि सभापति र उपसभापतिको छुट्टाछुट्टै बैठक बसी आ-आफ्नाे पक्षका नेताकाे नाम सिफारिस गरिएकाे छ ।उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद भई दुई गुटको छुट्टाछुट्टै जिल्ला कार्यसमितिको बैठक बसेर नाम सिफारिस भएको कांग्रेस बाराका सचिव राजेश रौनियारले बताए । जिल्ला अध्यक्ष राजेश राय यादवले आफू अनुकूलका नाम सिफारिस गरेका छन् । अर्को समूहको उपसभापति मनोज भट्टलगायतका कार्यसमितिले फरक नाम सिफारिस गरेकाे छ ।

यादव पक्षले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ । उपसभापति भट्ट समूहले  सहमहामन्त्री चौधरीको नाम हटाउँदै प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयशंकर यादव, शम्भुबहादुर बुढाथोकी र शैलेन्द्रकुमार फौज्दारको नाम सिफारिस गरेको छ । यादव समूहले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । भट्ट समूहले प्रत्यक्षतर्फ रामअयोध्याप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ । 

सभापति यादव पक्षले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरको एकल नाम सिफारिस गरेको छ । 
भट्ट पक्षले मन्सुरसहित तीनजनाको नाम पठाएको छ । साे पक्षले ३ बाट मन्सुर, रामानन्दप्रसाद यादव र प्रभातकुमार चौरसियाको नाम सिफारिस गरेको छ । 

यादव पक्षले क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ शोभाकर पराजुली, सुनिलकुमार गुप्ता कलवार, लालबाबुसिंह भूमिहार, कृष्णब्रत सिंह, इच्छाबहादुर वाग्ले र राजेश्वरप्रसाद चौरसियाको नाम सिफारिस गरेको छ । भट्ट समूहले भने क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ लालबाबुसिंह भूमिहार, इच्छाबहादुर वाग्ले, कृष्णब्रत सिंह, कपिलदेवप्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिस गरेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल