७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाण्डौं । महिला साफ च्याम्पियनसिप २०२२ आजदेखि सुरू हुँदैछ । दशरथ रंगाशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

Advertisement

साँझ साढे ५ बजेको उद्घाटन खेलमा घरेलु टिम नेपाल र भुटान प्रतिस्पर्धा गदैछन् । घरेलु मैदानमा भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्षसहित नेपाल आजको खेलमा मैदान उत्रिनेछ । यसअघिका एक संस्करणमा सेमिफाइनलबाट बाहिरिएको नेपाल त्यसबाहेक सबै संस्करणको उप-विजेता टिम हो ।

नेपालको उपाधि यात्रामा सधैँ तगारो बन्ने गरेको भारतलाई पनि पन्छाउँदै उपाधि घरमै राख्ने लक्ष्यमा छ नेपाली टिम । नेपाली टिममा तीन नयाँ अनुहार समेटिएका छन् । आजको खेलमा अमिसा कार्की, दीपा शाही र समीक्षा घिमिरेमध्ये कसैले मौका पाए राष्ट्रिय टिमबाट डेब्यू गर्नेछन् ।

यस्तै, सावित्रा भण्डारी, पुनम जर्घा मगर र रेखा पौडेलले टिममा पुनरागमन गरेका छन् । गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा पहिलो पटक कप्तानको जिम्मेवारीमा छिन् ।

नेपालको प्रतिद्वन्द्वी भुटानले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । समूह ‘बी’ मा नेपालको अर्को प्रतिद्वन्दी श्रीलंका छ । श्रीलंकासँगको खेल सेप्टेम्बर १२ मा खेल्नेछ । समूह‘बी’ मा भारत, पाकिस्तान, माल्दिभ्स, र बंगलादेश छन् । हरेक समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टिमः

गोलकिपरः एन्जिला तुम्बाआपो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डरः हीराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा ठोकर, समीक्षा घिमिरे, विमला वि.क

मिडफिल्डरः विमला चौधरी, मन्जली कुमारी योञ्जन, प्रिती राई, सरु लिम्बु, दिपा राई, दिपा शाही, इन्दिरा राई, अनिता बस्नेत

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल