ताजा अपडेट »

सञ्चार मन्त्रीकै मोबाइलको लाइन काटिएपछि…

बुधबार, २३ माघ २०७५, ०६ : ५६
2 Shares


माघ २३ ,

काठमाडौँ, ।  नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ ।

टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ गते वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो ।

कार्यक्रम ११ बजे शुरु हुने र मन्त्री पनि सोही समयमा आउने भनिए पनि करिब ४५ मिनेटपछि मात्र आइपुगेका थिए ।

शुभकामना मन्तव्य दिने क्रममा उनले भने, ‘बिरामी भएका कारण समयमै आउन सकिनँ, हिँड्ने बेला मोबाइल हेर्दा एमडीका धेरै फोन आएका रहेछन् । फोन गर्न खोज्दा पैसा नतिरिएका कारण निषेध गरिएको पो भन्छ ।’

‘आफ्नै मोबाइल काटिँदा पनि मैले अनौठो मानेको छैन, त्यसैगरी कर्मचारीले पनि पद्धति बसाउने गरी इमान्दारीसाथ काम गर्नुहोस्,’ उनले थपे ।

विभागीय मन्त्रीकै फोन काटिएको सुनेर दर्शकदीर्घामा हाँसोको फोहरा छुटेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।