६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसबाट शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरिएको छ । विएस्सी सिएसआईटी तर्फको छैटौं सेमेस्टरका ३ विद्यार्थीलाई आइतबार भएको परीक्षाहलबाट निकालिएपछि विद्यार्थीहरुले बिरोध जनाएका छन् ।

Advertisement

यही भाद्र १६ गतेदेखि सुरु भएको परीक्षाको दोस्रो दिन परीक्षा दिन कक्षामा पुगेका ३ जना विद्यार्थीको हातबाट पेपर खोसेर निकाला गर्ने काम भएको पीडित विद्यार्थी आनन्द मिश्रले ग्लोबल आवाजसँग गुनासो गरे । उनीसँगै अमन सिं र सञ्जिव अधिकारीले परीक्षा दिन नपाई आइतबार घर फर्किनु परेको छ । ‘विएस्सी सिएसआइटी पोग्राम कोडिनेटर दिनेश मिश्रको निर्देशनमा हाम्रो हातबाट पेपर थुत्ने काम भयो ।’–पीडित विद्यार्थी आनन्द मिश्रले भने, ‘परीक्षा जस्तो संवेशनशिल विषयमा क्याम्पसले हाम्रो समस्या बुझिदिएन ।’ परीक्षार्थीहरुलाई बाहिर निकालेर समस्या समाधानका लागि क्याम्पस प्रमुख अनिल कुमार झासँग कुरा राख्न संयोजक मिश्रले निर्देशन गरेका थिए । यद्यपी उक्त सयम क्याम्पसप्रमुख त्यहाँ उपस्थित नभएका कारण विद्यार्थीहरुले आफ्नो समस्या राख्न नपाउनुका साथै परीक्षा दिनबाट बञ्चित भएका छन् ।

समयमा शुल्क नतिरेकै भरमा एक्कासी विद्यार्थीलाई परीक्षाहलबाट निकाल्ने काम अमानवीय र निन्दनीय कार्य भएको क्याम्पसको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष सागर न्यौपानेले बताए । विद्यर्थीहरुले शुल्क नबुझाएको विषयमा छलफल गरी समाधान गर्न सकिने अवस्थामा समेत क्याम्पस संयोजकले नियतबस विद्यार्थीलाई परीक्षाबाट पञ्चित गरेको उनको आरोप छ । ‘विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको छ । यदी विद्यार्थीले शुल्क बुझाएका छैनन् भने पनि पछि असुल उपर गर्नेगरी परीक्षा जस्तो संवेशनशिल कुरामा सहभागी गराउनु पर्ने हो ।’–न्यौपानेले भने, विद्यार्थीले परीक्षाबाट बन्चित भएपछि यसको जबाफदेही र जिम्मेवारी क्याम्पसले लिनुपर्छ, हामीलाई यसको जवाफ चाहिन्छ ।

घटनाको विषयमा क्याम्पस प्रमुख अनिल कुमार झाले पन्छिने प्रयास गरेका छन् । पीडित विद्यार्थीहरुलाई एडमिट कार्ड नलिएका कारण परीक्षाबाट बञ्चित गरिएको स्वीकार गर्दै उनले समस्या बारे विद्यार्थीले पहिले नै आफूलाई जानकारी गराउनु पर्ने प्रतिक्रिया दिए । १६ गतेदेखि सुरु भएको परीक्षामा शुल्क बुझाएर प्रवेश पत्र लिनुपर्ने भए पनि ती विद्यार्थीहरुले त्यसो नगरेको उनले बताए । यदी समस्या नै थियो भने आफू क्याम्पसमा नभए पनि फोन गरेर आफूलाई समस्या बताउनु पर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट