८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । संघीय निर्वाचनका लागि नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर १ बाट डा.चन्द्र भण्डारी सहित चार जना नेताहरुलाई सिफारिस गरिएको छ । सो पार्टीका जिल्ला उपसभापति अनन्त पौड्यालका अनुसार नेता भण्डारी, पारिश्वर ढकाल , योगराज कँडेल र भरत बस्नेतको नाम संघिय निर्वाचनको उमेदवारका लागि सिफारिस गरिएको हो ।

प्रदेश ‘क’ का लागि सन्तोष गौतम, पृथ्वीबहादुर फौजदार, अमृत ज्ञवाली र तुल्सी पाण्डेको नाम सिफारिस गरिएको उपसभापति पौड्यालले बताए । त्यस्तै सोही क्षेत्रको प्रदेश ‘ख’ मा प्रदेश सदस्य उमेदवार श्रीप्रसाद भलामी, धनेन्द्र काकी र मुक्ती कँडेलको नाम सिफारिस गरिएको छ । त्यस्तै संघिय समानुपातिक सांसदका लागि झकबहादुर पुन, सुवर्ण ज्वारचन र भगवती काफ्ले भण्डारीको नाम सिफारिस गरिएको छ । प्रदेश क बाट प्रदेश समानुपातिक सांसदका लागि जगदिश भट्टराई, बिष्णु बलाल, रमेश भण्डारी, निर्मण सुवेदी आरती परियार, गंगादेवि भण्डारी, भगवती अर्याल सिफारिस भएका छन् । प्रदेश ख मा मोती भण्डारी, झबिन्द्र बिश्वकर्मा, मिना राना, राधिका न्यौपाने, उर्मिला अर्याल गंगा पाण्डे नेपाली समानुपातिक उमेदवारका रुपमा सिफारिसमा परेको जनाईएको छ । सिफारिस गरिएका उमेदवारहरुलाई प्रदेश हुँदै केन्द्रले टुङ्गाउने नेता पौड्यालको भनाई छ । क्षेत्र नम्वर २ को लिष्ट तयार पार्ने क्रममा रहेको सो पार्टीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर