६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

काठमाडौँ । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक सहभागितासहितको उम्मेदवारी माग गरिएको छ ।

Advertisement

दलित महिला केन्द्र नेपाल र माण्डवीद्वारा शुक्रबार आयोजित आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष उम्मेदवारीबारे राजनीतिक दलसँगको अन्तक्र्रियामा यस्तो माग गरिएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सचेतक मीन विश्वकर्माले प्रत्यक्षतर्फ पनि महिलाको उल्लेख्य उम्मेदवारी दिनुपर्ने विषय पार्टीभित्र उठिरहेको जानकारी दिए । प्रत्यक्षमा पुरुष उम्मेदवार मात्र हुँदा समानुपातिकमा महिला मात्र जाने अवस्था सिर्जना भएकाले प्रत्यक्षबाट पनि महिला ल्याउनुपर्नेमा उनले जोड दिए ।

नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य अमृता थापाले प्रत्यक्षमै समानुपातिक उम्मेदवारीको व्यवस्थामा जोड दिनुभयो । नेकपा ९एकीकृत समाजवादी०का सचिव नागेन्द्र चौधरीले प्रत्यक्षमा नजिते पनि समानुपातिक मिलाएर महिला ३३ प्रतिशत पु¥याउनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

जनता समाजवादी पार्टीका सचेतक प्रमोद साहले आरक्षणका नाममा एउटै व्यक्तिले पटक–पटक आरक्षण पाउने गरेको र लक्षित वर्गले नपाएको भन्दै आपत्ति जनाए । नेकपा ९एमाले०का सांसद जयन्ती राईले निर्वाचन प्रणाली परिवर्तन गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताइन् ।

नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्णा यादवले प्रत्यक्षतर्फ पनि महिला सहभागिता हुनुपर्ने बताउँदै दलहरूले यसतर्फ विचार गर्नुपर्ने बताइन्। माण्डवीका महासचिव अञ्जु झाले विचार, सामाजिक मूल्यमान्यता र आर्थिक विषयले महिलालाई राजनीतिक नेतृत्वमा आउन बाधा भइरहेको बताउँदै समानताभित्र समता कायम गर्न दलहरू अग्रसर हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट