ताजा अपडेट »

बुटवल-पाल्पा सडकसहित पहिरोका कारण आज यी सडक अवरुद्ध छन्

शुक्रबार, १७ भदौ २०७९, १२ : ११
12 Shares
शुक्रबार, १७ भदौ २०७९
12 Shares

काठमाडौं। अविरल वर्षापछि खसेको पहिरोका कारण दार्चुला, पाल्पा र चितवनमा सडक अवरुद्ध भएका छन् । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बिहीबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउदेखोलास्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।     

प्रहरीले स्थानीय निकायसँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।