ताजा अपडेट »

एनआरएनए टेक्सस च्याप्टरको आयोजनामा स्पिलिङ बी प्रतियोगिता

शुक्रबार, १७ भदौ २०७९, ११ : २७
16 Shares

टेक्सस । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका टेक्सस राज्य च्याप्टरको आयोजनामा शनिवार स्पिलिङ बी प्रतियोगिता हुने भएको छ । नेपाली समुदायका बालबालिकाहरुको क्षमता प्रवद्र्दन, वृद्दि र मञ्च प्रदान गर्ने हेतु च्याप्टरले प्रतियोगिताको आयोजना गर्न लागेको च्याप्टर अध्यक्ष सोफिन थापाले जानकारी दिए ।

टेक्सस राज्यका विभिन्न शहरमा रहेका विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म अध्ययनरत् विद्यार्थीहरुलाई सहभागि गराईने प्रतियोगिताको प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: १ हजार ५ सय, १ हजार, ५ सय र २ सय डलर सहीत प्रमाणपत्र प्रदान गरिनेछ । नेपालीको बाक्लो बसोबास रहेका टेक्ससका विभिन्न शहरहरु डलास, ह्युष्टन, अस्टिन, वाको, लबकमा स्थानीय रुपमा प्रथम चरणमा विद्यार्थीहरु विच प्रतिष्पर्धा गराई त्यहाँवाट अन्तिम चरणका लागि १५ विद्यार्थी छानिएको च्याप्टरका बोर्ड सदस्य निश्चल चापागाईले बताए । प्रतियोगिताको फाइनल चरण युलेसमा हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।