Sep 25, 2023
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुन तोलामा ९ सय रुपैयाँले घटेको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ११ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्