१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023


नवलपरासी। चौधरी ग्रुपको सीपमूलक तालिम सञ्चालनले स्थानीय युवाहरुको दैनिकीमा परिवर्तनसँगै ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ ।पूर्वी नवलपरासीको देचवुली नगरपालिका–२ मा रहेको चौधरी उद्योग ग्राम परिसरमा २०६६ सालमा सुरु गरिएको सीप प्रशिक्षण तालिम सञ्चालन भएसँगै सिंगो नवलपुर र यसबाहेकका अन्य जिल्लाका युवायुवतीहरुले पनि तालिममा सहभागी भएर सीप आर्जन र सिकेका सीपलाई व्यवहारमा उतारी आफ्नो दैनिकी चलाइरहेका छन् । 

Advertisement

०६६ सालमा मेकानिकलबाट सुरु गरेको सीपमूलक तालिम २०६७ सालमा सिटिइभिटीसँग समन्वय गरी सिटिइभिटीकै मान्यताका अनुरुप सिजी पोलीटिेक्नकल सञ्चालन गरिएको हो । उद्योग परिसरको छुट्टै भवनमा हुने तालिममा इलेक्ट्रोनिक, उद्योगमा सञ्चालन हुने विभिन्न हेभी मेसिन मर्मतलगायतका धेरै प्रकारका विशेष गरी उद्योगसँग सम्बन्धित सीप प्रशिक्षण प्रदान गर्दै आएको छ । 

सिजी पोलिटेक्निकलको मुख्य उद्देश्य उद्योग र आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामान्य सीपको विकास र स्वदेश तथा विदेशमा रहेका ठूला उद्योगमा आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै हो । ‘हाम्रो मुख्य उद्देश्य भन्नु नै उद्योगका लागि आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ पोलिटेक्निकल तालिमका प्रिन्सिपल शिवहरि ढकालले भने ।  उनका अनुसार चौधरी उद्योग ग्राममै सञ्चालित तालिममा सहभागी विद्यार्थीहरुलाई प्राविधिक विषयमा आवस्यक प्रयोगशाला, औजारहरु पर्याप्त मात्रामा उपलब्ध गराइएको बताउँछन् । ‘तालिममा सहभागी हुन आउने विद्यार्थीहरुलाई आवस्यक सबै औजार र सीप विकासका लागि आवस्यक पर्ने शिक्षकदेखि प्रयोगात्मकका लागि आवस्यक पर्ने सबै विषय वस्तुहरु हामी नै दिन्छौ,’ ढकालले भने । 

१२ वर्षअघिदेखि सञ्चालन हुँदै आएको उक्त सीप विकास तालिममा सहभागी विद्यार्थीहरुका लागि ६ महिनासम्म सीप सिकाइन्छ । सिटीइभिटी र चौधरीको लोगो अन्तर्राष्ट्रियस्तरमा परिचित भएको हुँदा हरेक वर्ष प्रदान गरिने तालिममा विद्यार्थीहरुको संख्या बढ्ने गरेको ढकालले बताए । ‘यहाँ तालिम लिन आउने विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै रोजगार पाउने गरेका छन् । चौधरी ग्रुपको लोगो र सिटीइभिटी मान्यता भएकै कारण तालिम लिन आउनेहरुले सहज महसुस गरेका छन,’ ढकालले भने । उनका अनुसार आर्थिक वर्ष २०६६÷०६७ देखि हालसम्म दुई हजार दुई सय ६३ जनाले तालिम लिइसकेका छन् । 

सिजी पोलिटेक्नीकलको तालिममा सहभागी हुने विद्यार्थीहरुले विशेषतः सीपमूलक तालिम नै सिक्ने गरेका छन् । जसमा क्षमता विकास, विकासात्मक, पूर्वाधार विकास, अनुसन्धान विकास, बजार विकास र व्यापार विकासलगायतका विषयमा तालिम प्रदान गर्ने गरेको पोलिटेक्निकल सीप प्रदान गर्ने टोलीले जनाएको छ । 

तालिम लिएपछि पन्ध्र सय युवायुवती स्वरोजगार

सिजी पोलिटेक्नीकलबाट सीप सिकेका दुई सयजना हाल सोही चौधरी उद्योगमा कार्यरत छन् । चौधरी ग्रुपकै सीपमूलक तालिम केन्द्रमा सीप लिएकाहरु अहिले दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा दुई सय, दुम्कीबासस्थित सिजी सिमेन्ट उद्योगमा र अन्य उद्योगमा सजिलै रोजगार गरी आफ्नो दैनिकी चलाउँदै आएका छन् । देवचुली नगरपालिका–२ का दिनेश पौडेलले २०७१ सालमा मेसिन सञ्चालनसम्बन्धी सीप सोही सिजी पोलिटेक्नीकलमा सिके सीप सिकेको करिव एक वर्षमा उनले सोही चौधरी उद्योगको कार्टुन उत्पादन गर्ने क्षेत्रमा रोजगार पाए र अहिले सोहि रोजगारबाट मासिक ३५ हजारसम्म आम्दानी गरेका छन् । 

‘२०७१ सालमा चौधरी उद्योगकै परिसरमा सीप सिके, सीप सिके पछि मेसिन चलाउन सकियो अहिले सोही सीपअनुसारको काम पाएको छु,’ सीप सिकेर स्वरोजगार बनेका दिनेश पौडेलले भने । उनी मात्र होइन, उनी जस्ता धेरै विद्यार्थीहरु सीप सिकेर देश र विदेशका विभिन्न प्रतिष्ठित उद्योगहरुमा रोजगार गरी आर्थिक आयआर्जन गर्दै आएका छन् ।  आगामी दिनमा युवायुवतीहरुका लागि अहिले आवश्यक पर्ने र बढी माग भएको सीपअन्तर्गत हाउसकिपिङ, मोवाइल, कम्प्युटर मर्मत, मोटर साइकल मर्मत, वेटरलगायतका तालिमहरु प्रदान गर्ने योजना छ । सिजी पोलिटेक्निकलले आयुर्वेद, योगालगायतका विषयमा पनि तालिम प्रदान गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली